जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षले लिए शपथ

<span class='c1'>जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका</span> <span class='c2'>उपाध्यक्षले लिए शपथ</span>

काठमाडौं । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले शपथ ग्रहण गरेका छन् ।

प्रतिष्ठानका सह–अध्यक्ष समेत रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज बिहीबार उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

२०८१ जेठ ११ गते तत्कालीन उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए । सङ्घीय मामिलामन्त्री गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेकोमा प्रधानमन्त्री ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए ।

तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्षसमेत रहेका उपाध्यक्ष गुरुङ आदिवासी जनजाति आन्दोलनका स्पष्ट वक्ता मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्