विराटनगरको सेन्ट जोसेफ स्कुलका विद्यार्थी कुटपिटपछि बेपत्ता, सकुशल फर्किए

<span class='c1'>विराटनगरको सेन्ट जोसेफ स्कुलका विद्यार्थी</span> <span class='c2'>कुटपिटपछि बेपत्ता, सकुशल फर्किए</span>

इन्दु साह
विराटनगर । विराटनगर-२ स्थित सेन्ट जोसेफ स्कुलका कक्षा १० का दुई विद्यार्थी वार्डनको कुटपिटपछि बुधबार रातिदेखि बेपत्ता भएका थिए। विद्यार्थीहरू बिहीबार सकुशल फर्किएका छन्।

विद्यालयका दुई वार्डन सुवास साह र समिप सुब्बाले बुधबार राति विद्यार्थीहरूलाई पाइपले कुटपिट गरेको स्वीकार गरेका छन्। दुवै वार्डन सोही विद्यालयका पूर्व विद्यार्थी हुन्।

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेद प्रकाश जोशीका अनुसार विद्यार्थीहरू कुटपिटपछि होस्टलबाट निस्केर जनकपुरतर्फ बस मार्फत गएका थिए। प्रहरीले सडकमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा उनीहरूको खोजी गरेको थियो। विद्यार्थीहरूले फोन गरी आफू रहेको स्थानको जानकारी दिएपछि उनीहरू फेला परेका हुन्।

अभिभावक बेनु कुमार खड्काका अनुसार बुधबार राति ११ बजे वार्डनले फोन गरी छोरालाई विद्यालयबाट निकाल्नुपर्ने अवस्था भएको जानकारी दिएका थिए। बिहीबार बिहान विद्यालय पुगेका अभिभावकहरूले विद्यार्थीहरूलाई नभेटेपछि प्रहरीमा खबर गरेका थिए। प्रहरीले विद्यार्थीहरूको आवश्यकता अनुसार घाउजाँच र थप सोधपुछ गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्