सामाजिक विकास मन्त्री राईको स्काउट दीक्षान्त सम्पन्न

<span class='c1'>सामाजिक विकास मन्त्री राईको</span> <span class='c2'>स्काउट दीक्षान्त सम्पन्न</span>

विराटनगर । सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट पाँचकर्ण राईको दीक्षान्त समारोह सम्पन्न भएको छ।

उक्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय सह-प्रमुख आयुक्त किरण गिरी र राष्ट्रिय कार्यसमिति सदस्य (आयुक्त) नवल प्रसाद उपाध्यायको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल, बराह बाहिनीका बाहिनीपती सम्भु सुवेदी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणीन्द्र खत्री लगायत प्रदेश कार्यकारी समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, उच्च शिक्षा तथा युवा खेलकुद महाशाखा प्रमुख उपसचिव गोपाल दाहाल, वरिष्ठ शिक्षा अधिकृत कोमल बहादुर खड्का, प्रदेश परिषद सदस्यहरू र विराटनगर महानगरपालिकाका स्थानीय प्रमुख आयुक्त नवीन पहाडी पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा स्काउट लिडरहरू र रोभर/रेन्जरहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। समारोहको सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्