विपन्न विद्यार्थीहरूलाई लायन्स क्लबद्वारा न्यानो कपडा वितरण

<span class='c1'>विपन्न विद्यार्थीहरूलाई लायन्स क्लबद्वारा</span> <span class='c2'>न्यानो कपडा वितरण</span>

विराटनगर । तराईमा बढ्दो चिसोलाई मध्यनजर गर्दै लायन्स क्लब अफ विराटनगर एक्टिभले रंगेली नगरपालिका-२ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।

लायन पंकज अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई स्वेटर र टोपी वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर लायन रेवतबहादुर कार्कीले सीतलहरको समयमा विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडाको अभावमा विद्यालय आउन कठिन हुने अवस्थामा यस कार्यक्रमले ठूलो सहयोग पुर्‍याएको बताए।

विद्यालयका प्रधानाध्यापक विष्णु राउतले लायन्स क्लबले लामो समयदेखि विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र यसले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

कार्यक्रममा लायन मञ्जु कार्की, लायन सुष्मा थापा र लायन सिए तीर्थ यादवले स्वेटर र टोपी प्रायोजन गरेका थिए। साथै वडाध्यक्ष सन्तलाल खवास, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीराज लुइटेल लगायत क्लबका पूर्व अध्यक्षहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्