जाडो बढ्यो, विराटनगरमा कपडाको छैन बिक्री

<span class='c1'>जाडो बढ्यो, विराटनगरमा</span> <span class='c2'>कपडाको छैन बिक्री</span>

इन्दु साह
विराटनगर । मंसिर महिनाको अन्तिमदेखि विराटनगरमा चिसो बढ्न थालेको छ । तर, विराटनगर बजारमा भने जाडोको कपडा खरीदगर्ने ग्राहकको चहलपहल देखिदैन।

बजारमा अहिले चिसोमा लगाउने कपडा व्यापारीहरुले पसलामा सजाएका छन् । मोजा, टाउजर, गलबन्दी, टोपी, ज्याकेट लगायत अन्य विभिन्न प्रकारका चिसोमा लगाउने कपडाहरु बजारमा बिक्रीका लागि राखिएका छन् ।

मंगलबारदेखि विराटनगरमा अत्याधिक चिसो बढेको छ । यस्तो समयमा सबै नागरिकले चिसोमा लगाउन न्यानो कपडाहरु खरीद गर्ने गर्दछन् । तर यता विराटनगरका विगबजारका व्यापारी ३७ वर्षीय उमेश साहका अनुसार अपेक्षा गरिएअनुसार पसलमा ग्राहक आएका छैन्न । उनले भने पुस महिनामा मात्र विराटनगर बजारमा ग्राहक कपडा खरिद गर्न आउने गरेका छन् । यस्तै न्यू आकृति कपडा पसलका ५० वर्षीय भरत अग्रवालका अनुसार यस पटक विराटनगरमा ढिलो चिसो भएकोले ग्राहक अलि ढिलो कपडा खरीद गर्न सक्ने बताए ।

व्यापारीका अनुसार उनीहरुले अहिले पसलमा सजाएका कपडा पछिल्ला वर्षका हुन् । विराटनगरको बजार खाली देखिनुको कारण भारतीय बजार जोगबनी पनि हो । विराटनगरका स्थानीय नागरिकको भिड अहिले जोगबनी बजारमा देखिएका छ । चिसोमा लगाउने कपडा खरीदका लागि नागरिक भारतीय बजार धाउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्