प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि सिद्धार्थ र बालप्रतिभा स्कुलले जित्यो

<span class='c1'>प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि सिद्धार्थ</span> <span class='c2'>र बालप्रतिभा स्कुलले जित्यो</span>

विराटनगर । प्याब्सन लोकनृत्य प्रतियोगिता : सिद्धार्थ र बालप्रतिभा स्कुललाई उपाधिन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ सुन्दरहरैचास्थित सिद्धार्थ सेकेण्डरी स्कुल र बालप्रतिभा स्कुलले जितेको छ ।

प्याब्सन मोरङले विराटनगरमा आइतबार सम्पन्न गरेको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा सिनियरतर्फ सिद्धार्थ स्कुलले जुनियरतर्फ बालप्रतिभाले उपाधि जितेको हो । सिनियरतर्फको द्धितीय बेलबारीस्थित माउण्ट एभरेष्ट, तृतीय बेलबारीकै आर्दश र चौथो पथरीको रेडस्टार स्कुल भएको छ ।

त्यसैगरी जुनियरतर्फको द्धितीय पथरीको ग्रेटग्रेस, तृतीय पथरीकै एभरेष्ट र चौथो उर्लाबारीको मोरङ मोडल स्कुल भएको छ । प्रतियोगिताको फाइनलमा सिनियरतर्फ १८ र जुनियरतर्फ ३० जना पुगेका थिए । प्याब्सन मोरङले प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता गर्दै आएको छ । स्थानीय पालिकाहरुमा छनौट भएर जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यार्थीहरु भाग लिएको हो ।

विजय हुने विद्यार्थीहरुलाई प्याब्सन पुर्ब राष्ट्रिय अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार टिकाराम पुरी, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाललगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्