विराटनगरको मेरिल्याण्ड कलेजमा ‘बिजनेस आइडिया इनोभेसन’ कार्यक्रम

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजमा ‘बिजनेस</span> <span class='c2'>आइडिया इनोभेसन’ कार्यक्रम</span>

विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया इनोभेसन कार्यक्रम आयोजना गरेको छ ।

व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित मेरिल्याण्डमा विद्यार्थीहरुलाई व्यापार व्यवसायको बारेमा आइडिया दिने उद्देश्यले बिजनेस आइडिया इनोभेसन कार्यक्रम आइतबार गरेको हो ।

बिजनेस आइडिया इनोभेसन कार्यक्रममा मेरिल्याण्ड कलेजमा व्यवस्थापन संकाय लिएर अध्ययन गर्दै आएका तेस्रो र चौथो वर्षमा अध्ययन गर्दै आएका विद्यार्थीहरुले भाग लिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । उक्त कार्यक्रममा कलेजका ८ वटा समूहले भाग लिएका थिए । एउटा समूहमा पाँच जना विद्यार्थीहरु रहेका थिए । उनीहरुले बिजनेश प्लान बनाएर निर्णायकहरुसामू योजना प्रस्तुत गरेका थिए । ‘विद्यार्थीहरुलाई पढाइसँगै विजनेश आइडिया दिनुको साथै पढाइ सकेपछि कसरी व्यापार व्यवसायमा अगाडी बढाउने त्यस विषयमा जानकारी दिने हाम्रो एक मात्रै उद्देश्य हो,’ प्रिन्सिपल ढकालले भने, ‘कितावी ज्ञानलाई व्यवहारमा उतार्न हामीले बिजकनेश आइडिया इनोभेसन कार्यक्रममार्फत गरिएको हो ।’ प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुले नगद ११ हजार रुपैयाँ पाएका थिए ।

कार्यक्रममा बोल्दै निर्णायक मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले विद्यार्थीहरुको प्रतिभा देखाएर आफु उत्साहित भएको बताए । पढाइसँगै ब्यापारिक योजनाबारेमा जानकारी दिदा व्यवसाय संचालनमा थप मध्धत पुग्ने उनले बताए । त्यस्तै एनएमबी बैंक विराटनगरका म्यानेजर रमेश अधिकारीले मेरील्याण्ड कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर देशको लागि दक्ष जनशक्तिहरु उत्पादन गर्दै आएको बताए । कलेजले उत्पादन गरेको विद्यार्थीहरुले एनएमबी बैंकसहित अन्य थुप्रै क्षेत्रमा कार्यरत रहेको उनले बताए । त्यसै कलेजका उपाध्यक्ष डा. पिके झाले मेरिल्याण्ड कलेजले संसारका जुनसुकै विश्वविद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गरेको बताए ।

कार्यक्रमामा नवीन भट्टराई, नारायण साह, सुरज खतिवडा र दिव्या लालवानी लाइ सम्मान गरिएको थियो । कार्यक्रममा कलेजका निर्देशकहरु डा. मनोज गुप्ता, नन्द किशोर अग्रवाल, प्रदिप भगतलगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन पंकज जैनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्