बाल्यकालको सीपलाई पेसा बनाएकी रेनुकला (भिडियाेसहित)  

<span class='c1'>बाल्यकालको सीपलाई पेसा बनाएकी</span> <span class='c2'>रेनुकला (भिडियाेसहित)  </span>

विराटनगर ।  संखुवासभाको खाँदबारी नगरपालिकाकी रेनुकला राईले बाल्यकालमै अल्लो कपडा बनाउन सिकिन् । बाल्यकालको सीपलाई उनले ६ वर्षयता उद्यमसँग जोडेकी छन् । उनी खाँदबारी बजारमा ‘रेनु अल्लो सुती कपडा उद्योग’ सञ्चालन गर्छिन् । रेनुकलाको घरेलु उद्योगमा अल्लोका जुत्ता चप्पल टोपी ब्यागदेखि दौरासुरुवाल लगायत कपडा उत्पादन हुन्छ । बालखमै अल्लोको कपडा बनाउन सिकेपनि व्यवसाय सुरु गर्न भने वर्षौंसम्म कुर्नु परेको उनी बताउँछिन् । 

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सदस्य भएपछि पूँजी जुटाएर उनले व्यवसाय सुरु गरेकी थिइन् । गाउँगाउँबाट अल्लोको धागो संकलन गरेर बनाएको कपडा उनी नेपालका विभिन्न ठाउँमा पठाउँछिन् । पूर्वको बजारदेखि काठमाडौंसँगै पश्चिम नेपालसम्म उनले उत्पादन गरेको कपडा पुग्छ । ‘बाजेबजैले पहिलेदेखि नै यसको काम गर्नुहुन्थ्यो, हामी हेर्थ्यौँ , हेरेर सिक्यौँ,’ उनले भनिन्,‘ १२–१३ वर्षको भएपछि कपडाको तान बुन्न सिके ।’

पहिले घरमा बुनेको अल्लोको कपडा बिक्री गर्न रेनुकलालाई निकै गाह्रो थियो । अहिले उनले अरु महिलालाई कपडा बुन्ने काम दिएकी छन् । रेनुको घरेलु उद्योगका लागि ७–८ जना महिलाले अल्लोको कपडा तयार गरी उपलब्ध गराउँछन् ।  ‘पहिले मैले काम पाउँदिन थिए, हिजोआज ७–८ जना दिदीबहिनीलाई अवसर दिएको छु,’ उनले भनिन्,‘ दिदीबहिनीहरूलाई अल्लो र धागो दिन्छौँ, उहाँहरूले घरमा बुनेर ल्याउनुहुन्छ ।’ अल्लोको कपडाबाट रेनुकला बजारको माग अनुसारको पहिरन बनाउँछिन् । नेपाली उत्पादन भएका कारण अल्लोको कपडाको माग पनि बढ्दो छ । अल्लोको व्यापारबाट आम्दानी पनि राम्रै भइरहेको छ । अल्लोको व्यवसाय सुरु गरेपछि रेनुकलाको दैनिकी सहज भएको छ । व्यवसायकै आम्दानीबाट उनले घर पनि बनाएकी छन् । दुःखले सुरु गरेको व्यवसायलाई विस्तार गर्दै लैजाने उनको योजना छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्