भूकम्पमा परेर अपाङ्ग भएकाहरुलाई प्रोत्साहित गर्न बास्केटबल प्रतियोगिता

<span class='c1'>भूकम्पमा परेर अपाङ्ग भएकाहरुलाई</span> <span class='c2'>प्रोत्साहित गर्न बास्केटबल प्रतियोगिता</span>

काठमाडौं । जयमहाकाल युवा समुहले चौथो ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ ।

आज(शुक्रबार) बैशाख १२ गते भूकम्प दिवसको अवसरमा २०७२ सालको भूकम्पमा परेर अपाङ्ग भएकाहरुको चौथो ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरेको जयमहाकाल युवा समुहका केन्द्रीय सुरक्षा प्रमुख बाबा पराजुलीले जानकारी दिएका छन् ।

उनले भने, ‘जयमहाकाल युवा समुहद्वारा २०७२ सालको भूकम्पमा परेर अपाङ्ग भएका छन्, उहाँहरुका लागि चौथो ह्विलचियर बास्केटबलको आयोजना गरिएको हो । भूकम्पमा परेर अंगभंग भएकाहरुलाई कसैले वास्ता नगरेको भएर युवा समुहले कार्यक्रमको आयोजना गरेको हो ।’ उनले भूकम्पमा परेर आफ्नो अंग गुमाउनु भएकाहरुलाई जीवनयापन गर्न हौसला दिनको लागि पनि प्रतियोगिताको आयोजना गरेको बताए ।

अहिलेलाई केही जिल्लाका मात्र छन् भने आउँदो समयमा ७७ वटै जिल्लाका मानिसलाई सहभागी गराएर प्रतियोगिता गर्ने पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्