विराटनगरका दुईजना युवा उद्यमी कोरियामा आयोजना हुने लगानी सेमिनारमा सहभागी

<span class='c1'>विराटनगरका दुईजना युवा उद्यमी कोरियामा</span> <span class='c2'>आयोजना हुने लगानी सेमिनारमा सहभागी</span>

विराटनगर । कोरियाको सोलस्थित नेपाली दूतावासले २०८१ मंसिर ३० ९१६ डिसेम्बर २०२४० मा बुसान र पुस २ (१८ डिसेम्बर २०२४) मा “नेपालमा लगानी र व्यापारका अवसरहरू” शीर्षकको लगानी सेमिनारमा विराटनगरबाट २ जना युवा उधमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका छन् । उधोग वाणिज्य मन्त्रि दामोदर भण्डारी समेत सहभागी उक्त कार्यक्रमले नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्नेछ ।

यस क्रममा नेपाल र कोरियाका व्यवसायी प्रतिनिधिहरूबीच व्यापार–व्यवसाय (बीटुबी) बैठकहरू समेत समावेश हुनेछ। यो कार्यक्रम ट्रेड एण्ड इनभेस्टमेन्ट प्रोमोशन फ्रेमवर्क हस्ताक्षर समारोहसँग समन्वयमा आयोजना गरिएको हो । जुन पुस ३ (१९ डिसेम्बर २०२४) का दिन कोरियन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीमा हुने तय गरिएको छ ।

नेपाल कोरिया चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखको नेतृत्वमा गएको उक्त कार्यक्रममा नेपालबाट सरकारी तथा निजी क्षेत्रका व्यक्तिहरु सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्