विराटनगर जूनियर जेसीजको आतिथ्यतामा एरिया’ए’ मल्टी च्याप्टर ट्रेनिङ सम्पन्न

<span class='c1'>विराटनगर जूनियर जेसीजको आतिथ्यतामा एरिया’ए’</span> <span class='c2'>मल्टी च्याप्टर ट्रेनिङ सम्पन्न</span>

विराटनगर । विराटनगर जुनियर जेसीजको आतिथ्यता र एरिया-'ए' जुनियर जेसीज कोर्डिनेटर रिकेश भण्डारीको सभापतित्वमा नेपाल जेसीज एरिया-'ए' मल्टि च्याप्टर तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्वागतम् होटलमा आयोजित उक्त कार्यक्रममा अतिथि शाखा अध्यक्ष जेसी गौरव कर्णको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका चीफ पाइलट विराटनगर जेसीज पीपी क्लबका अध्यक्ष तथा विराटनगर जुनियर जेसीजका पूर्व अध्यक्ष जेसी सन्दिप दास श्रेष्ठ रहनुभएको थियो। यसैगरी कार्यक्रमका पाइलटहरूमा टंकीसिनवारी जेसीजका पूर्व अध्यक्ष ईश्वर लक्ष्मण भण्डारी र विराटनगर जुनियर जेसीजका पूर्व अध्यक्ष जेसी सनराइज चौधरी रहनुभएको थियो।

पूर्वको धुलाबारीदेखि पश्चिमको मलंगवासम्मका शाखा अध्यक्ष एवं पदाधिकारीहरूको सहभागिता रहेको यस कार्यक्रममा कुल ८७ जनाले रजिष्ट्रेशन गराएका थिए। कार्यक्रममा टंकीसिनवारी जुनियर जेसीजले सर्वाधिक सहभागिता पुरस्कार प्राप्त गर्‍यो ।भने इटहरीका सन्तोष खड्का उत्कृष्ट पुरुष र इन्द्रपुर जुनियर जेसीजकी शृक्षा गिरी उत्कृष्ट महिला सहभागीको रूपमा सम्मानित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्