इन्दु साह
विराटनगर । विराटनगरको बसपार्कबाट दैनिक नेपालका विभिन्न जिल्लाका लागि बस निस्कन्छन् । अन्य जिल्लाबाट विराटनगर बसपार्कसम्म आउने र यताबाट जाने सानो ठुलो बस गरी जम्मा ४ सय देखि ४ सय ५० सवारी छन् ।
पछिल्लो समय यातायात व्यवसायमा आकर्षण बढेको पाईन्छ । तर जसरी आकर्षण बढेको देखिएको छ त्यस अनुसारको मुनाफा नभएको विराटनगरका यातायात व्यवसायी बताउँछन् । कतिपय यातायात व्यावसायीहरु भने विदेश समेत पलाएन भएका छन् । सुर्योदय यातायात व्यवसाय समितिका कोषाअध्यक्ष राजु धमलाका अनुसार पहिले देखि यातायात क्षेत्रमा निर्भर रहेका व्यसायीहरु भने घाटामा नरहेको बताउँछन् ।
नयाँ यातायात व्यवसायीलाई भने यस क्षेत्रमा नोक्सानि व्यार्होनु अवस्था रहेको उनको भनाई छ । ४८ वर्षिय धमला भने विगत १५ वर्ष देखि यातायात व्यवसायिका रुपमा कार्यरत रहेका छन् । यस्तै सेल्फि डिलक्सका ३८ वर्षिय व्यवसायी जिवन खनालका अनुसार यातायात धनि आफै चालक या सहचालकका रुपमा बसमै कार्य गरे मात्र मुनाफा हुने बताउछन् । नयाँ यातायात व्यवसायिलाई भने यस व्यवसायमा टिक्न कठिनाई हुने बताउछन् । विराटनगर कोशि प्रदेशको राजधानी भएर पनि यातायात व्ययावसायिहरुलाई केहि लाभ भएको बताउन् । राजधानीमा चहलपहल बढि हुने भएकोले यात्रुको चाप राम्रो भएका व्यवसायीहरु बताउछन् । विराटनगर बसपार्कबाट नेपारभरीका ७ वटै प्रदेशकालागि बस निस्कने गर्दछ । बस र माईक्रो भने गरी जम्मा ४ सय ५० सार्वजानिक यातायात आवतजावत गर्ने गर्दछन् । जसमा ३ सय भन्दाबढि बस रहेका छन् ।
विराटनगरबाट काठमान्डौँ, पोखरा, ओखलढुंगा, बुटवल, नेपालगन्ज, सिन्धुलि, सुर्खेत लगायत अन्य विभिन्न जिल्लासम्म यहाँबाट बस पुग्ने गरेको छ । साथै छोटो दुरीमा समेत वरपरका सबै स्थानमा सवारी पुग्ने गरेको छ । पूर्वपश्चिम र पडाडी भेगका हरेक स्थानमा यहाँबाट माईक्रो र बस जाने गर्दछ । विराटनगर बसपार्कमा साय डिलक्स, वुलेट डिलक्स, सजिलो डिलक्स, अनमोल एसी, विराट एसी, कोशी डिलक्स, सुन्दर विराट लगायत विभिन्न कम्पनिका बस संचालनमा रहेका छन् ।