प्रेम देवान
विराटनगर । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले जडान गरेको दुई स्थानको ट्राफिक लाईट ३ दिनदेखी विग्रिएको छ ।
पावर सप्लाईमा समस्या आएपछि विराटनगरको बरगाछी र कंचनबारी चौकमा रहेको ट्राफिक लाईट विग्रिएको हो । ट्राफिक लाईट विग्रिएसँगै सवारी चालकहरु र सर्वसाधरणहरु दोधारमा परेका छन् ।
कोशी प्रदेश सरकारले गत साउन २१ गते सोमबारबाट बरगाछीमा औपारिक रुपमा ट्राफिक लाईट संचालनमा ल्याएको थियो । उदयपुरको गाईघाट र विराटनगरको बरगाछी चौकमा करिब ४५ लाखको बजेटमा दुई स्थानमा ट्राफिक लाईट जडान गरेको थियो ।
यता विराटनगर महानगरपालिकाले भने ७७ लाखमा विराटनगरका ५ स्थानमा ट्राफिक लाईट जडान गरेको छ । महानगरको रोडशेष चौक, जलजला चौक , तिनपैनी, घाँस चौक र कंचनबारीमा ट्राफिक लाईट जडान गरेको छ । कंचनबारीको भने उद्धघाटन नआई विग्रिएको छ ।
यार्सा टेक्नोलोजि र ईथ्री जी सेल्स एण्ड सर्भिसेजले ट्राफिक लाईट जडानको ठेक्का लिएको छ । विग्रिएको ट्राफिक लाईटका कारण अहिले डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई समेत ट्राफिक व्यवस्थापन गर्न समस्या भईरहेको छ । विराटनगरको बरगाछी चौकमा अहिले ट्राफिक हबल्दार रामकुमार साह र विरेन्द्र राजवंशी खटिएका छन् ।
ट्राफिक लाईट हुदा सवारी साधनहरुलाई व्यवस्थापन गर्न निकै नै सहज भएको ट्राफिक प्रहरी रामकुमार साहले बताए । ३ दिनदेखि ट्राफिक लाईट विग्रिएको छ, साहले भने,‘हामीलाई सवारी साधन व्यवस्थापन गर्न समस्या भईरहेको छ, हिजो मात्रै ट्राफिक लाईट जडान गर्ने प्राविधिक आएका थिए,‘तर ट्राफिक लाईट जडान गर्ने प्राविधिकलाई नै करेन्ट लागेको थियो ।’ प्राविधिक प्रविन लम्सालका अनुसार ट्राफिक लाईटको लागि सप्लाई हुने पावर सब स्टेशन तथा इन्भटरमा समस्या आएको कारण लाईट बिग्रिएको हो’ लम्सालले भने,‘हामीले दुई दिनदेखी लगातार बनाउने प्रयासमा छौँ छिटै आशा छ।’
भिडियो हेर्नुहोस् :