नेपाल टेलिकमको नाममा क्रिसमस गिफ्ट दिने भन्दै ठगी

<span class='c1'>नेपाल टेलिकमको नाममा क्रिसमस</span> <span class='c2'>गिफ्ट दिने भन्दै ठगी</span>

काठमाडौं । नेपाल टेलिकमको नाम र लोगो प्रयोग गरी सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नामबाट पुरस्कार दिने भन्दै स्पाम लिङ्क फैलाइएको हो ।

स्पाममा प्रयोग गरिएको डोमेन नाम कम्पनीको आधिकारिक डोमेनभन्दा फरक रहेको छ । लिङ्कमा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ । साथै विश्वसनीयता बढाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भन्ने झुटो दाबी पनि गरिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले कम्पनीले हाल कुनै क्रिसमस योजना नल्याएको स्पष्ट पारे । उनले टेलिकमका योजना र अफरबारे जानकारी लिन कम्पनीको आधिकारिक सामाजिक संजाल अकाउन्ट र वेबसाइट हेर्न आग्रह गरे ।

साइबर सुरक्षा विज्ञका अनुसार यस्ता लिङ्कहरूमा मालवेयर वा भाइरस हुनसक्छ । लिङ्कमा क्लिक गरेमा ह्याकरले बैंक खाता, पासवर्डलगायत संवेदनशील विवरणहरू चोर्न सक्ने जोखिम रहन्छ । यस्ता जोखिमबाट बच्न शङ्कास्पद लिङ्कमा क्लिक नगर्न, आधिकारिक डोमेन मात्र प्रयोग गर्न र अनावश्यक अफरहरूबाट सचेत रहन सुझाव दिइएको छ । नि:शुल्क वा सस्तो मूल्यको लोभमा परी व्यक्तिगत जानकारी नदिन पनि विज्ञहरूले सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्