विराटनगरमा जिकर ईभी गाडीको बिक्री सुरु,यस्ता छन् विशेषता

<span class='c1'>विराटनगरमा जिकर ईभी गाडीको</span> <span class='c2'>बिक्री सुरु,यस्ता छन् विशेषता</span>

इशु पन्त
विराटनगर । विश्व प्रसिद्ध ईभी अटोमोबाइल ब्रान्ड जिकर विराटनगरबाट बिक्री वितरण सुरु भएको छ । पायोनियर मोटोकर्प प्रा.लि.ले ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको एक्स मोडल भित्र्याएको हो । जुन गाडीको बुधबार विराटनगरस्थित सिटी प्यालेशमा भव्य कार्यक्रमकाबीच सार्वजानिक गरिएको थियो ।

६६ किलोवाट ब्याट्री पावर क्षमता र ४४० किलोमिटर रेन्ज दिने जिकर एक्स अब देशभरका शहरमा उपलब्ध हुनेछ । कोशी र मधेश प्रदेशका ग्राहकका लागि सहज रुपमा विराटनगरबाटै गाडी उपलब्ध हुनेछ ।
जिकर ब्राण्डमा डुअल–मोटर अल–ह्विल ड्राइभ (एडब्लूडी) र सिङ्गल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्लूडी) गरी दुईवटा भेरियन्ट रहेका छन् । जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभी गाडी रहेको शारडा ग्रुपका प्रवन्ध निर्देशक सन्दीपकुमार शारडाले जानकारी दिएका छन् । जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको उनको भनाई छ ।

जिकर एक्सले एक पृथक् डिजाइन–शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापित गर्ने कम्पनीको विश्वास छ । जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने बताइन्छ । सोही कारण नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि जिकर एक्स एक उत्तम एसयुभी साबित हुने वितरक कम्पनीको दाबी छ ।

जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाट पावर ब्याट्री रहेको छ जसले सिङ्गल–मोटर, रियर–ह्विल–ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० किमिको डब्लुएलटिपि रेन्ज प्रदान गर्दछ । १५० किलोवाटको डिसि चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई शून्यबाट १०० प्रतिशत चार्ज गर्न जम्मा ४ घण्टा लाग्ने वितरक कम्पनीको भनाइ छ ।

पायोनियर मोटोकर्पका निर्देशक समेत रहेका सन्दीप कुमार शारडाका अनुसार, ‘जिकर एक त्यस्तो प्रिमियम ईभी ब्रान्ड हो जसले आजको युगको ग्राहकहरूको जीवनशैलीलाई बुझ्दै आधुनिक प्रविधिमा ग्राहक–केन्द्रित गाडी डिजाइन तथा उत्पादन गर्दछ । त्यसैगरी ‘जिकर एक्स’ गतिशील सहरी सभ्यताको आधुनिक जीवनशैलीका लागि डिजाइन गरिएको गाडी हो । नेपाली ग्राहकको समयअनुरूप परिष्कृत रुचि तथा आधुनिक जीवनशैलीलाई हामी निकटबाट बुझ्दछौँ । सोही अनुरूप हामीले परिवेश र समय सुहाउँदो जिकर ब्रान्ड नेपालमा सार्वजनिक गरिरहेका छौँ,’ उनले भव्य सार्वजानिक कार्यक्रममा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्