ग्लोबल आईएमई बैंक विराटनगर शाखाद्वारा लक्ष्मीनारायण वेद विद्याश्रममा सीसीटीभी जडान

<span class='c1'>ग्लोबल आईएमई बैंक विराटनगर शाखाद्वारा</span> <span class='c2'>लक्ष्मीनारायण वेद विद्याश्रममा सीसीटीभी जडान</span>

विराटनगर । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको हनुमानदास रोडस्थित ग्लोबल आईएमई बैंक विराटनगर शाखाले श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत माविमा सीसीटीभी क्यामेरा जडान गरिदिएको छ। विराटनगर-१२ स्थित उक्त विद्यालयमा १६ वटा सीसीटीभी क्यामेरा र एक मनिटर जडान गरिएको हो।

विद्यालय तथा मन्दिर परिसरको सुरक्षा व्यवस्था सुदृढ बनाउने र दैनिक गतिविधिको अनुगमन गर्ने उद्देश्यले सीसीटीभी जडान गरिएको बैंकका विराटनगर शाखाका ब्रान्च म्यानेजर निश्चल अधिकारीले जानकारी दिए। भविष्यमा विद्यालयलाई थप सीसीटीभी क्यामेराको आवश्यकता परेमा बैंकले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।

सीसीटीभी हस्तान्तरण कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख सुलभ हरि जोशी, कोशी प्रदेश कार्यालयका सुजन श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक राजन पोखरेल, अच्युत स्वामी लगायतको उपस्थिति रहेको थियो।

देशभर ३५४ शाखा सञ्जाल रहेको उक्त बैंकको कोशी प्रदेशमा ३६ र विराटनगरमा मात्रै ४ वटा शाखा सञ्चालनमा छन्। बैंकले २३७ बीएलबी एजेन्ट, ३८४ एटीएम र ६८ राजश्व काउन्टर मार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। साथै बैंकले अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि कार्यालय स्थापना गरी बैंकिंग सेवा दिदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्