विराटनगरको अरनिको विद्यालयका दुई विद्यार्थी ‘उत्कृष्ट विज्ञान विद्यार्थी पुरस्कार’ बाट सम्मानित

<span class='c1'>विराटनगरको अरनिको विद्यालयका दुई विद्यार्थी ‘उत्कृष्ट</span> <span class='c2'>विज्ञान विद्यार्थी पुरस्कार’ बाट सम्मानित</span>

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयका दुई विद्यार्थीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको २०८१ सालको 'उत्कृष्ट विज्ञान विद्यार्थी पुरस्कार' प्राप्त गरेका छन्।

कक्षा १२ को बोर्ड परीक्षामा समान जीपीए ३.९६ ल्याएर नेपाल फस्ट भएका छात्रा तेजस्वी आचार्य र छात्र राकेश कुमार शाहलाई यो सम्मान प्रदान गरिएको हो।

बिहीबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो। प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओली, शिक्षामन्त्री एवं उपकुलपति विद्या भट्टराई र प्रतिष्ठानका उपकुलपति दिलीप सुब्बाको हस्ताक्षर रहेको प्रमाणपत्र विद्यालयका प्रिन्सिपल राजेश कार्की र तेजस्वी आचार्यले ग्रहण गरे। अध्ययनको सिलसिलामा विदेशमा रहेका राकेश कुमार शाहको तर्फबाट पनि प्रिन्सिपल कार्कीले पुरस्कार ग्रहण गरे।

प्रोग्राम कोअर्डिनेटर विकास खनालका अनुसार दुवै विद्यार्थी अत्यन्त मेहनती, अनुशासित र मेधावी छन्। विद्यालयका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिताले प्रत्येक वर्ष यस्तो सफलता हासिल गर्न सकिने उनको भनाइ छ।

विद्यालयका निर्देशक भरतराज दाहालले गुणस्तरीय शिक्षा आकस्मिक नभई निरन्तर मेहनत र अथक प्रयासको परिणाम भएको बताए। विराटनगरको अरनिको आवासीय माविले विज्ञान संकायतर्फ देशकै उत्कृष्ट माविमध्ये एकको रूपमा पहिचान बनाएको छ। यस विद्यालयले मेडिकल, इञ्जिनियरिङ्ग तथा अन्य प्राविधिक क्षेत्रमा सर्वाधिक संख्यामा सफल विद्यार्थी उत्पादन गर्दै आएको छ।

प्रिन्सिपल राजेश कार्कीले यो उपलब्धिको श्रेय तेजस्वी आचार्य, राकेश कुमार शाह लगायत सम्पूर्ण विद्यालय परिवारलाई दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्