विराटनगरको बिकेभीएम स्कुलका सिर्जन घिमिरे ‘उत्कृष्ट विज्ञान विद्यार्थी पुरस्कार’ बाट सम्मानित

<span class='c1'>विराटनगरको बिकेभीएम स्कुलका सिर्जन घिमिरे ‘उत्कृष्ट</span> <span class='c2'>विज्ञान विद्यार्थी पुरस्कार’ बाट सम्मानित</span>

विराटनगर। विराटनगर-११ स्थित बालकल्याण विद्यामन्दिर (B.K.V.M.) माविका छात्र सिर्जन घिमिरेले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको २०८१ सालको 'उत्कृष्ट विज्ञान विद्यार्थी पुरस्कार' प्राप्त गरेका छन्।

राष्ट्रिय परिक्षा बोर्ड (NEB) द्वारा लिइएको कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जीपीए ल्याएर नेपाल प्रथम भएका घिमिरेलाई यो सम्मान प्रदान गरिएको हो।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा घिमिरेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो। प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओली, शिक्षामन्त्री एवं उपकुलपति विद्या भट्टराई र प्रतिष्ठानका उपकुलपति दिलीप सुब्बाको हस्ताक्षर रहेको प्रमाणपत्र विद्यार्थीलाई प्रदान गरिएको हो।

विज्ञान विषयमा कक्षा ११ र १२ मा उत्कृष्ट छात्रलाई कदर, प्रोत्साहन तथा सम्मानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (NAST) ले २०७६ मा यो पुरस्कार स्थापना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्