मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि रेडस्टार स्कुललाई

<span class='c1'>मिल्स फार्क नकआउट फुटबल</span> <span class='c2'>प्रतियोगिताको उपाधि रेडस्टार स्कुललाई</span>

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले हात पारेको छ ।

विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोर्डन एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि हात पारेको हो ।

जितसंगै रेडस्टारले ५१ हजार रुपैयाँ जितेको छ । उपबिजेता बनेको मोर्डन एराले ३१ हजारमा चित्त बुझायो । जितको लागि रेडस्टार पथरीका सोनाम गुरुङ र सौगात राईले गोल गरे । प्रतियोगितामा रेडस्टारका बिषय गुरुङ बेस्ट गोलकिपर, रेडस्टारकै भिषण राई बेस्ट डिफन्डर भए भने मोर्डन ऐराका प्रवेश तामाङ बेस्ट मिट फिल्डर घाषित भए । यस्तै रेडस्टारका सौगात राई बेस्ट फरर्वाड, हाइस्कोर रेडस्टारका सोनम गुरुङ, बेस्ट कोच रेडस्टारका युकेश तामाङ र म्यान अफ द श्रीरिज जोसन कार्की घोषित भए ।

बिजयीहरुलाई विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेल,फार्क क्लबका अध्यक्ष धनकुमार लामा खेलका संयोजक श्याम लामाले पुरस्कार बितरण गरेका थिए।
पुष १ गतेदेखी शुरु भएको प्रतियोगितामा मोरङका निजि र सामुदायिक गरि १२ वटा विद्यालय सहभागी रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्