बिरामीको स्वास्थ्य ख्यालै बिना कोशी अस्पताल परिसरमै जलाइन्छ फोहोर

<span class='c1'>बिरामीको स्वास्थ्य ख्यालै बिना कोशी</span> <span class='c2'>अस्पताल परिसरमै जलाइन्छ फोहोर</span>

इन्दु साह
विराटनगर । विराटनगरको कोशी अस्पताल परिसरभित्रै फोहोर जलाउने गरिएको पाइएको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कागजपत्र र प्लाष्टिकजन्य फोहोर खुल्ला रूपमा जलाउने गरिएको हो।

जसले बिरामी र कुरुवाको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । प्रसुति विभाग अगाडी अस्पताल प्रशासनले नै फोहोर थुपारेर आगो लगाई जलाउने गरेको छ। प्रसुति भवनमा भएका आमा र शिशुहरुलाई यसले पु¥याउने असर बारे कसैलाई वास्ता छैन । अझ कोशी अस्पतालमा नयाँ भवन निर्माण कार्य भईरहेकोले गर्दा अस्पताल परिसर धुलाम्य छ । त्यसले समेत अस्पताल परिसरको वातावरण बिग्रदो छ ।

आम नागरिकले कहिकतै फोहोर जलाउँदा महानगरले जरीवाना तिराउने नियम छ । तर, सरकारी अस्पतालनै दैनिक लापरबाही भईरहेको भन्दै नागरिक आक्रोशित समेत हुने गरेका छन् । अस्पाताल परिसरमा बिरामी लिएर आएका एक एम्बुलेन्स चालक भन्छन् यहाँ आउने धेरै जसो सेवाग्राहीले अस्पताल परिसरमा हुने गरेको दुर्गन्धको गुनासो गर्ने गरेका छन् । चालक भन्छन् हामी पनि बिरामीलाई धेरैबेर पर्खनुपर्दा धुवाँधुलोले समस्या हुने गरेको छ ।

विशेषगरी प्लाष्टिक जलाउँदा निस्कने कार्बनमोनोअक्साइडले वायु प्रदूषण बढाउनुका साथै वरिपरिको वातावरणलाई समेत नकारात्मक असर पारिरहेको छ ।

कोशी अस्पतालमा भईरहेको श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरूका लागि यो अवस्था झनै जोखिमपूर्ण बनेको छ । यस्तो गम्भीर समस्या समाधानका लागि अस्पतालले तत्काल उचित फोहोर व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने आवश्यकता देखिएको छ। मेडिकल वेस्ट व्यवस्थापनका लागि छुट्टै संयन्त्र स्थापना गरी नियमित अनुगमन गनुपर्ने आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्