विराटनगरमा रात्रीकालिन व्यवसाय : बारम्बार दोहोरिदैछन् आक्रमणका घटना

<span class='c1'>विराटनगरमा रात्रीकालिन व्यवसाय :</span> <span class='c2'>बारम्बार दोहोरिदैछन् आक्रमणका घटना</span>

विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनबाट सामाजिक सुरक्षा र मर्यादा विपरितका गतिविधि बढ्न थालेका छन् । प्रशासनले रात्रीकालिन होटल व्यवसाय सञ्चालन कार्यविधी नबनाई मनपरी गर्न दिइएको परिणाम सामाजिक सुरक्षा र मर्यादा उल्लंघनका घटनामार्फत देखिन थालेका हुन् ।

यसको पछिल्लो उदाहरण विराटनगर एयरपोर्ट रोडस्थित तृष्णा रेष्टुरेन्टको घटनाले पुष्टि गर्दछ । यस्तै प्रकृतिको घटना तीन महिना अगाडी मुन होटलका सञ्चालक प्रदिप भगतमाथि खुकुरी प्रहार भएको थियो । त्यस अगाडी सिंघासन रेष्टुरेन्टको घटना समेत उस्तै प्रकृतिको थियो । बारम्बार एउटै प्रकृतिको घटना दोहोरिनुमा होटलका बाउन्सरसँगको विवाद उत्कर्षको रुपमा देखिन्छ ।

खासमा रात्रीकालिन होटल व्यवसया सञ्चालनका लागि रेष्टुरेन्टहरुले बाउन्सर राख्ने र सेवाग्राहीले सामान्य गुनासो राख्ने बित्तिकै धुरिएर आक्रमण गर्ने प्रवृत्ति सुरक्षा दृष्टिकोणमा गम्भीर देखिएको छ ।

दुई पक्षीय झगडाका क्रममा अन्य सर्वसाधारण समेत आक्रमणमा पर्ने हुन् की भन्ने खतरा विराटनगरमा भईरहेको पछिल्लो घटनाहरुबाट देखिन्छ ।

शुक्रबार राती विराटनगर एयरपोर्ट रोडस्थित तृष्णा रेन्टुरेन्टका कर्मचारीहरुले सामान्य विवादमा तीनजनामाथि सांघातिक आक्रमण गरेको भिडियो सार्वजानिक भएको छ ।

भिडियोमा रुस्तम उप्रेती, गौतम भगत र गोपाल दासमाथि तृष्णाका कर्मचारीले हातपात गरेको बताइन्छ । त्यस क्रममा उप्रेतीको टाउकोमा चोट लागेको छ भने अन्य दुईजनाको समेत शरीरमा निलडाम रहेको बताइन्छ ।

त्यहि घटनाको बदला तृष्णाका लगानीकर्ता विजय अग्रवाललाई टाफिकचौकस्थित कपडा पसलमा शनिबार दिउँसो सांघातिक आक्रमण गरेर लिइएको छ । यस घटना सिर्जना हुनमा होटलमा पुगेका ग्राहकमाथि भएको आक्रमण ‘कारण’ रहेको प्रहरीको बुझाई छ ।

‘मध्यदिउँसो व्यापारीलाई आक्रमण भनेर भन्न नमिल्ने अवस्था छ’ मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता बेदप्रकाश जोशीले भने–बालाजीमा पुगेर अग्रवालजीलाई आक्रमण गर्नु अनुचित हो तर यसको कारण भने होटल भित्रबाट सिर्जना भएको देखिन्छ । प्रहरीको सुक्ष्म अनुसन्धानमा तृष्णामा पुगेका तीनजनालाई पहिले आक्रमण गरेपछि मात्रै खबर गरिएको छ, जुन त्रुटीपूर्ण हो । ‘उहाँहरु (तृष्णा सञ्चालक) ले होटल भित्र केहि समस्या हुनासाथ प्रहरीलाई खबर गर्नुपर्नेमा, आक्रमण गरेर घाईते बनाएपछि प्रहरीलाई खबर गर्नु न्यायोचित देखिदैन, प्रवक्ता जोशीले भने–तर, आक्रमणको प्रतिरोध कानुन विपरित आक्रमणमै उत्रनु गलत छ, पक्राउ गरेर कारवाही गर्दछौं ।

शनिबार आक्रमणमा परेका विजय अग्रवालले प्रहरीमा उजुरी दिएका छन् । उनले आफुमाथि आक्रमण गर्नुपर्ने कुनै कारण नरहेको बताए । उनले आक्रमणकारीहरु आफूले नचिन्ने बताउँदै भने–सिसी टिभी फुटेजका आधारमा प्रहरीले पत्ता लगाएर पक्राउ गरोस् । तृष्णामा विजय अग्रवाल, अमन साहसहित तीनजनाको लगानी रहेको छ । त्यहाँ भित्रको सञ्चालन व्यवस्थापन भने साहले हेर्दै आएका छन् । अग्रवालले आफू व्यवसायी साझेदारी मात्रै रहेकोले त्यहाँ भित्रको समस्यामा संलग्न नरहेको दावी गरे ।

अग्रवालका अनुसार शनिबार बेलुका दुईवटा टेवलमा बसेका ग्राहकबीच गीतको विषयमा सामान्य भनाभन चलेको थियो । त्यसपछि एउटा समुहलाई त्यहाँका कर्मचारीले सम्झाएका थिए । सम्झाउने क्रममा उप्रेती, भगत र दास समुहले आक्रमण गरेका थिए । त्यसपछि विवाद सुरु भएको थियो । विवादपछि हाानाहान हुन थालेपछि प्रहरीलाई खबर गरिएको थियो । पहिलो पटक प्रहरीले उनीहरुलाई तितरबितर बनाएर फर्किएको थियो । त्यसपछि एउटा ग्याङ्ग पुनः पुगेको थियो । बाहिरबाट ढुंगा हान्न थालेपछि होटलका कर्मचारी निस्केर आक्रमण गरेका थिए ।

तृष्णाका सञ्चालक तथा त्यहाँको व्यवस्थापन चलाउँदै आएका अमन साहले सुरुमा बाउन्सरसँग उनीहरुले निहुँ खोजिरहेको बताए । पछि अन्य ग्राहकसँग समेत उनीहरुले हुलहुज्जत गरेका थिए । गुण्डागर्दीको शैलीमा उनीहरुले होटलमा आक्रमण गर्न थालेपछि कर्मचारीहरुले पनि आक्रमण गरेको साहले बताए । होटलमा समेत ढुंगा हानेर सिसाहरु फुटाएको साहले बताए । अहिले उनीमाथि समेत धम्की आएको बताउँछन् ।

यता तृष्णाका कर्मचारीमाथि आक्रमणमा परेका युवाहरुलाई नजिकबाट बुझेका वसिम आलमले भने रात्रीकालिन होटल व्यवसायमा बाउन्सर राखेर गुण्डागर्दी मच्चाउने काम भईरहेको बताए । उनले प्रहरीलाई खबर गर्नुभन्दा पहिला कुटपिट गर्ने कार्य नाजायज भएको बताए । घटनामा संलग्नहरु प्रहरीको खोजीमा रहेका कारण सम्पर्कमा आउन चाहेनन् । यद्यपी तृष्णामा तीनजना मात्रै भएपनि अग्रवालमाथि आक्रमण गर्न भने दशजनाको समूह गएको बताइन्छ । सिसी टिभी फुटेजमा ५५ सेकेण्ड आक्रमणमा परेका अग्रवाललाई कपडा झुण्ड्याउने स्टिलको हेङगर र हेलमेल तथा मुक्का प्रहार गरेको देखिन्छ । अग्रवालको आँखा, शरीर र एउटा हातमा चोट लागेको छ । टाउकोमा समेत असर परेका कारण सिटी स्क्यान गराउन डाक्टरले सिफारिस गरेका छन् ।

कतिपयले अहिले विराटनगरका गीतगजल र रेष्टुरेन्टहरुमा विकृती बढीरहेको भन्दै आलोचना गरिरहेका छन् । विराटनगर महानगरपालिकाले गीत गजलका कारण सामाजिक रुपमा असहज अवस्था आएको भन्दै अहिले अध्ययन गर्न समिति नै बनाएको छ । रेष्टुरेन्टमा बाउन्सर राख्ने र गीत गजलमा भारतबाट आउने ग्राहकका कारण धेरै विवाद सिर्जना हुने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्