म्यानहन्ट इन्टरनेशनल नेपाल कोशी प्रदेशको निर्देशकमा विराटनगरका आलम नियुक्त

<span class='c1'>म्यानहन्ट इन्टरनेशनल नेपाल कोशी प्रदेशको</span> <span class='c2'>निर्देशकमा विराटनगरका आलम नियुक्त</span>

विराटनगर । म्यानहन्ट इन्टरनेशनल नेपालले कोशी प्रदेशको निर्देशकमा साजिद आलमलाई नियुक्त गरेको छ। विराटनगर निवासी आलम सन् २०१८ को मिस्टर इन्टरनेशनल हुन्।

डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरनेशनलको संयुक्त लगानीमा सञ्चालित म्यानहन्ट इन्टरनेशनल नेपालले आलमलाई कोशी प्रदेशको जिम्मेवारी दिएको हो।

आलमको नियुक्तिले कोशी प्रदेशमा पुरुष मोडलिङ क्षेत्रको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। मिस्टर इन्टरनेशनलको उपाधि जितेर नेपालको नाम विश्व सामु चिनाउन सफल आलमको अनुभवले यस क्षेत्रमा थप गतिशीलता ल्याउने विश्वास गरिएको छ।

नियुक्ति पश्चात आलमले भने, "कोशी प्रदेशमा प्रतिभावान युवाहरुको कमी छैन। उनीहरुको क्षमता विकास र प्रतिभा प्रस्फुटनका लागि विभिन्न कार्यक्रमहरु ल्याउने योजना छ।"

म्यानहन्ट इन्टरनेशनल नेपालले हरेक वर्ष पुरुष सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको छ। यस प्रतियोगिताबाट छनौट भएका विजेताले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउँछन्।

कम्पनीका केन्द्रीय अध्यक्षले आलमको अनुभव र क्षमताले संस्थाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा कोशी प्रदेशमा थप कार्यक्रमहरु आयोजना गरिने र स्थानीय प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने योजना रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्