विराटनगरका युवा उद्यमीहरुद्वारा विद्यार्थीलाई प्रेरणादायी अनुभव साटासाट

<span class='c1'>विराटनगरका युवा उद्यमीहरुद्वारा विद्यार्थीलाई</span> <span class='c2'>प्रेरणादायी अनुभव साटासाट</span>

विराटनगर । एनवाईइएफ विराटनगर च्याप्टरले उद्योग संगठन मोरङमा उद्यमशीलता सम्बन्धि कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा स्थानीय युवा उद्यमीहरुले आफ्नो सफलताको कथा सुनाएका थिए।

कार्यक्रममा ओबी मिडिया प्रालीका निर्देशक विवेक दाहाल, विराटनगर सिटी फुटबल क्लबका संचालक सुभाषीस कोइराला र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकी लेक्चर ज्योती कोठारीले विद्यार्थीहरुलाई उद्यमशीलताको महत्व र आफ्नो अनुभव बारे जानकारी गराएका थिए। उनीहरुले विद्यार्थी जीवनदेखि नै उद्यमशीलताको सोच विकास गर्न जरुरी रहेको बताए।

कार्यक्रममा विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो। यसै अवसरमा मेरिल्याण्ड कलेज र एनवाईइएफ विराटनगर च्याप्टरबीच सहकार्य सम्झौता पनि भएको छ। सम्झौतामा कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल र एनवाईइएफ विराटनगर च्याप्टरका अध्यक्ष सुभम भट्टराईले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार एनवाईइएफले कलेजमा उद्यमशीलता सम्बन्धि विभिन्न तालिम तथा कार्यक्रमहरु संचालन गर्ने भएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरुमा उद्यमशीलताको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्