विराटनगर । विराटनगरमा शुक्रबार र शनिबार भएको झडपमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाको सुरुवात भएको एयरपोर्ट रोडस्थित तृष्णा रेष्टुरेन्टका दुईजना र घटनासँग जोडिएका अर्को पक्षका एक जनालाई पक्राउ गरेको हो ।
तृष्णाबाट बाबुल खान र सुगम केशरी लाई नियन्त्रणमा लिइएको प्रहरीले अर्का रुस्तम उप्रेतीलाई समेत पक्राउ गरेको छ ।
खान र केशरी तृष्णाका बाउन्सर हुन् । उनीहरूले ग्राहकका रुपमा पुगेका उप्रेती, गौतम भतग र गोपाल दासलाई सामान्य भनाभजको आधारमा निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । त्यहि घटनालाई रिसइबी बनाएर उप्रेती समुहले तृष्णाका समेत सञ्चालक रहेका बालाजी क्लोथका विजय अग्रवाललाई शनिबार आक्रमण गरेको थियोे ।
प्रहरीले घटना घट्नुको कारणबाट अनुसन्धान सुरु गर्न दुवै पक्षका संलग्नहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।