निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ : मन्त्री सिंह

<span class='c1'>निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित</span> <span class='c2'>हुन सक्नुपर्छ : मन्त्री सिंह</span>

काठमाडौं । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा पार्टी जनता बाट अनुमोदित हुन नसके जतिसुकै कार्यक्रम गरे पनि परिणाम शुन्य नै आउने बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको सबैभन्दा ठूलो चुनौति भनेको आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसक्नु हो । पार्टीलाई व्यवस्थित गर्न सक्ने की नसक्ने सवाल नै ठूलो छ । यो भन्दाखेरी मान्छेहरुलाई सत्य कुरा सुन्दा तितो नै लाग्छ । तर यो सत्यलाई तितो मानेर पन्छ्याउन खोजे भने हामीहरु अगाडि बढ्न सक्दैनौं । जतिसुकै कार्यक्रम गरे पनि निर्वाचनको समयमा जनताबाट पार्टी अनुमोदित हुन नसके परिणाम शुन्य नै आउँछ । ’

उनले पार्टीको हरेक गतिविधिहरुमा क्रियाशिल सदस्यहरुलाई समावेश गरिनुपर्ने बताए । उनले क्रियाशिल सदस्यहहरुलाई जनताको विश्वास जितेको कांग्रेस पार्टी हो भन्ने कुरा बिर्सन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्