सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छ : मन्त्री दाहाल

<span class='c1'>सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम</span> <span class='c2'>प्रदेशस्तरबाटै हुन आवश्यक छ : मन्त्री दाहाल</span>

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेशस्तरबाटै गरिनुपर्ने बताउनुभएको छ।

यातायात व्यवस्था विभागले आज यहाँ आयोजना गरेको यातायात क्षेत्रमा देखापरेका समस्या समाधान एवम् विगतमा भएका निर्णयको कार्यान्वयन विषयक कार्यक्रममा उहाँले यस प्रक्रिया सहज र सरल बनाउन यससम्बन्धी कार्य गरिनुपर्नेमा उहाँले जोड दिनुभभयो ।

मन्त्री दाहालले भन्नुभयो,“यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत भएकाले सवारी चालक अनुमतिपत्र छपाइ, नवीकरण एवम् वितरणजस्ता कार्य अब प्रदेशस्तरबाटै हुनुपर्छ । बरु एउटा ‘कटअप डेट’ तोकेर त्यसपछिको काम प्रदेशबाटै हुने गरी सबै प्रदेशले यससम्बन्धी कार्य गर्ने तयारी गर्नुपर्छ ।”

मन्त्रालयका सचिव केशवकुमार शर्माले सवारी चालक अनुमतिपत्र छपाइमा रहेका जटिलताको अन्त्य गरी प्रदेशस्तरबाटै छपाइ र वितरणको व्यवस्था गर्न यातायात विभाग र प्रदेशबीच समन्वय हुनुपर्ने बताउनुभयो । यस्तै छपाइ भएका ‘ईम्बोष्ड नम्बर प्लेट’ जडान कार्यलाई तीव्रता दिन उहाँले आग्रह गर्नुभयो ।

विभागका महानिर्देशक राजिव पोखरेलले यातायात क्षेत्रको सेवा प्रवाहमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा सबै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्