विराटनगरको डेल्टा टेक ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४’ बाट सम्मानित

<span class='c1'>विराटनगरको डेल्टा टेक ‘प्रोभिन्स स्टार्टअप</span> <span class='c2'>आइसिटी रिकग्निसन २०२४’ बाट सम्मानित</span>

विराटनगर । विराटनगरको डेल्टा टेक प्रालि आइसिटि अवार्ड २०२४ मा 'प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४' बाट सम्मानित भएको छ ।

पुष ५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा डेल्टा टेक 'प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४' बाट सम्मानित भएको हो।

अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्दछ । सफ्टवेयर डेभलपमेन्ट कम्पनीको रुपमा रहेको गोल्छा अर्गनाइजेसन अन्तर्गतको डेल्टा टेकले विगत लामो समयदेखि टेक्नोलोजी क्षेत्रमा आफ्नो सेवा दिदै आएको छ। 'प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४' बाट सम्मानित हुन पाउँदा हामी निकै गौरवान्वित भएको छौँ । यो पुरस्कार डेल्टा टेकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको परिश्रम, समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो, डेल्टा टेकका मार्केटिङ म्यानेजर दिपक ठाकुरले बताए । यो अवार्डले नेपालमा टेक्नोलोजी क्षेत्रमा अग्रणीको रूपमा डेल्टा टेकको स्थानलाई अझ बलियो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्