विराटनगर वडा नम्बर १२ का वडा अध्यक्ष बैकिङ्ग कसुरमा पक्राउ

<span class='c1'>विराटनगर वडा नम्बर १२ का</span> <span class='c2'>वडा अध्यक्ष बैकिङ्ग कसुरमा पक्राउ</span>

विराटनगर । आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।

बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो ।

मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । मोरङको जहदा गाउँपालिका ३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरको जाहेरीमा कामतलाई पक्राउ गरिएको उनले बताए । कामतले दिएको ५ लाख रुपैयाँको चेक भाउन्स भएपछि कात्तिकमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

बैंकिङ कसुरमा पक्राउ परेका कामत जसपाबाट उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई उजुरी दिने जहदा ३ का वडा अध्यक्ष पनि जसपाबाट निर्वाचित वडा अध्यक्ष हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार अदालतमा उपस्थित गराई थप अनुसन्धानको पाटोलाई अगाडी बढाउने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्