कोशी प्रदेशमा कुनै पनि प्रकारको गुण्डागर्दी हुन दिने छैन : डिआईजी राजन अधिकारी

<span class='c1'>कोशी प्रदेशमा कुनै पनि प्रकारको गुण्डागर्दी हुन</span> <span class='c2'>दिने छैन : डिआईजी राजन अधिकारी</span>

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा भर्खरै सरुवा भएर आएका डिआइजी राजन अधिकारीले कोशी प्रदशेमा कुनै पनि प्रकारको गुण्डागर्दी हुन नदिने बताएका छन् ।
पछिल्लो समय गुण्डागर्दी जस्ता घटना बढेको भन्दै आफ्ना कार्यकालमा कुनै पनि प्रकारको गुण्डागर्दीमा संलग्नलाई कानुनी कारवाही दायारमा ल्याउने डिआईजी अधिकारीले प्रतिवद्धता जनाएका छन् । सोमबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले ‘गुण्डागर्दीमा संलग्नले कुनै पनि किसिमको उन्नमुक्ति पाउने छैन । कडाइको साथ गुण्डागर्दी विरुद्धमा लागि पर्नेछौं । समाजका सबै तप्काासँग समन्वय र सहकाय गरी गुण्डागर्दीलाई निर्मुल पारेर अगाडी बढनेछु,’ उनले भने ।

उनले सीमा क्षेत्रमा हुने चोरी, तस्करी रोकथाम र नियन्त्रण गरेर अगाडी बढने बताए । समझदारी प्रहरी कार्यक्रम र ट्राफिक दुर्घटना न्यूनिकरण जस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडी बढने उनले बताए । प्रहरीले कार्यसम्पादन गरेर तयार पारेको ४० बुद्धे कार्ययोजनालाई प्रथामिकतामा राखेर काम गर्ने बताए । ‘कोशी प्रदेशको ९ जिल्लाहरुमा ४६ बुदामा राखेर कार्यसम्पादनको सम्झौता भएको छ । बाँकी पाँच जिल्लाहरुमा ४७ वटा बुदा राखेर कार्यसम्पदना सम्झौता गरिएको छ । यही कार्यसम्पादनलाई प्राथामिकतामा राखेर काम गर्नेछु,’ उनले भने, ‘कोशी प्रदेश मातहतका ८१५ इकाइहरुको प्राथामिकता रहेको छ । ’ कार्यक्रममा अधिकारीले विद्यमान ऐन कानूनको परिधिमा रही कानूनद्वारा निर्दिष्ट कार्यहरुको सफल कार्यान्वयन तथा संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यू समक्ष भएको सम्झौता अनुरुप कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन लागि पर्ने बताए ।


अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको उतिकै महत्वपुर्ण भुमिका रहने हुँदा सवैबाट निरन्तर साथ र सहयोगको अपेक्षा राखेको उनले बताए । डिआइजी अधिकारी गृह मन्त्रालयको मंसिर २७ गतेको निर्णय अनुसार विशेष व्यूरोबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर पौष ३ गते कार्यभार समालेका थिए । यस अघि चन्द्रकुबेर खापुङ्ग कोशी प्रदेश प्रहरी कार्यलयका प्रमुखमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्