विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले अग्रेजी महिनाको नयाँ बर्ष २०२५ तथा क्रिसमस इभ मनाएको छ । कलेजले हरेक बर्ष झै यसपटक पनि कलेज परिसरमा मंगलबार एक भव्य समारोह विच क्रिसमस कार्यक्रम मनाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्ययनरत कलेजका विद्यार्थीहरुले विविध सास्कृतिक कार्यक्रम गरी कार्यक्रममा सहभागी अतिथी, शिक्षक शिक्षिका तथा नयाँ विद्यार्थीहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।
कलेजमा भर्ना भएका बीएचएम र बीबीएका नयाँ विद्यार्थीलाई स्वागत तथा क्रिसमस कार्यक्रम आयोजना गरि स्वागत गरिएको क्याम्पस प्रमुख विनय विष्णु केसीले जानकारी दिनुभयो । सो कार्यक्रममा विध्यार्थीहरुले आफनो विभिन्न कलाहरुलाई प्रस्तुत गरेका थिए । बीएचएम र बीबीएका विध्यार्थीहरुले आफनो भाषा कला र सस्कृति झल्कने पोषाकमा विभिन्न सास्कृतिक कार्यक्रम समेत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै कलेज प्रमुख विनय विष्णु केसीले विद्यार्थीहरुमा रहेको प्रतिभालाई सास्कृतिक प्रस्तुती मार्फत प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
कलेजले बीएचएमका विद्यार्थीहरुलाई नेपाल सहित जापान, दुवई, बराइन, माल्दिभ्स लगायतका देशका स्टार होटलहरुमा इन्टर्नका लागि पठाउँदै आएको छ । कार्यक्रममा सास्थम कलेजका वि एच एम डाइरेक्टर सैलेन्द्र गणेश, क्याम्पस प्रमुख लगायत अन्य शाखा प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।