डिआईजी अधिकारीद्धारा सुनसरी जिल्ला प्रहरी कार्यालयको निरीक्षण

<span class='c1'>डिआईजी अधिकारीद्धारा सुनसरी जिल्ला</span> <span class='c2'>प्रहरी कार्यालयको निरीक्षण</span>

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस ( गते जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले जिल््ला प्रहरी कार्यालय सुनसरीमा रहेका विभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुको साथै कार्यालय परिसर भित्र बृक्षारोपण समेत गर्नु भएको छ ।

निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वँहाले प्रहरीले प्रदान गर्ने सेवा र सुरक्षा प्रवाहमा आम नागरिकमा प्रहरी प्रति विश्वास बढ्ने किसिमले आफ्नो जिम्मेवारीको बोध गरी भाईचारा, बन्दुत्व, भातृत्व भाव र अनुशासित तवरले आफ्नो पदिय दायित्व निर्वाह गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो । वाँहाले नागरिको अपेक्षा बमोजिम छिटो, शिष्ट, सव्य र पिडित मैत्री वातावरणमा रहेर सेवाग्राहीको हितमा ध्यान दिई प्रहरी सेवा प्रदान गर्न जोड दिनु भयो ।

साथै वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान, भारतीय सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, भारतिय काउण्टर पार्टससंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउनका साथै आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्