विराटनगरमा ‘मिनी बीबीए फेस्ट २.०’ बास्केटबल प्रतियोगिता सम्पन्न

<span class='c1'>विराटनगरमा ‘मिनी बीबीए फेस्ट</span> <span class='c2'>२.०’ बास्केटबल प्रतियोगिता सम्पन्न</span>

विराटनगर । विराटनगरमा 'मिनी बीबीए फेस्ट २.०' बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुस १० गते सेन्ट जोसेफ स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न भएको हो ।

सानो उमेर समूह देखीनै बालबालिकाहरुमा रहेकी प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक आशिक प्रधानले बताए। यु-१२ पुरुषतर्फ सगरमाथा स्कुलको समूह 'अन्बिटेन' प्रथम र द्वितीय सगरमाथा स्कुलकै समूह 'किंग्स' र सोही स्कुलको 'हुपर्स' समुह तृतीय भएको छ।

त्यसैगरी यु-१५ महिलातर्फ बिकेभीएम स्कुल प्रथम,अरनिको स्कुल द्वितीय र तृतीय सेन्ट जोसेफ स्कुल भएको कार्यक्रमका सह-संयोजक बरदान कुमार शाहले जानकारी दिए। उक्त प्रतियोगिताको यु-१२ पुरुषतर्फ उदीयमान खेलाडी हनीराज शाह (सगरमाथा किंग्स),एमभीपी अभिषेक खेरवार (सगरमाथा किंग्स),आइकोनिक खेलाडी जीवन पण्डित (सगरमाथा हुपर्स), हाई स्कोरर कबीर शाह (सगरमाथा अबिण्टेन) घोषित भएका छन्।

त्यसैगरी यु-१५ महिलातर्फ उदीयमान खेलाडी स्टुती केसी (सेन्ट जोसेफ स्कुल),एमभीपी समृद्धि उपाध्याय ( बिकेभीएम स्कुल), प्रतिष्ठित खेलाडी माही चौधरी (अरनिको स्कुल) र हाई स्कोरर बिकेभीएम स्कुलकी प्रसन्न राउत घोषित भएका छिन्।

बास्केटबल एकेडेमीले आफ्नो वार्षिक कार्य योजना अनुसार कार्यक्रमहरु संचालन गर्दै आएको कार्यक्रमका सह-संयोजक दिया बस्नेतले बताईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्