‘दाँत बाँधेपछि हातखुट्टा कसेर छोड्दियौं’

<span class='c1'>‘दाँत बाँधेपछि हातखुट्टा</span> <span class='c2'>कसेर छोड्दियौं’</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ स्थित हातखुट्टा र मुख बाँधेर अचेत अवस्थामा फेला परेकी महिलामाथि तीनजना मिलेर करणी खुलेको छ । प्रहरीले घटनामा संलग्नहरु नियन्त्रणमा लिएर गरेको प्रारम्भिक अनुसन्धानमा करणीका क्रममा महिलाले दाँत बाँधेपछि उनलाई छोडेर हिँडेको बताएका छन् ।

दुईदिन अगाडी मंगलबार हातखुट्टा बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा अर्धचेत महिला कटहरीका अधमलाल राजबंशीको बाँसघारीमा फेला परेकी थिइन् । उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उद्धार गरेर उनको उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारपछि उनको स्वास्थ्य सुधार भईसकेको मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् । अस्पतालबाट उनलाई पुर्नस्थापना गृहमा संरक्षण गरिसकिएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न आरोपमा मोरङ कटहरी २ का १९ वर्षीय सुनिल कुमार साह , २० वर्षीय महमद रमजान र भारत अररिया घर भई कटहरी २ मा ग्यारेजमा काम गर्दै आएका महमद गुल्जार पक्राउ परेका छन् । पक्राउ परेकामध्ये साह र रमजान सिटी चालक हुन् । दुईजना सिटी चालकमध्ये महमद रमजानसँग महिलाको पहिल्यैदेखि चिनजान रहेको थियो ।

मंगलबार बिहान घरबाट बाहिर निस्कदा सिटी लिएर पुगेका उनीहरुले महिलालाई जर्बरजस्ती तानेर चढाएका थिए । पीडितले प्रहरीलाई बताए अनुसार जर्बरजस्ती लिएर गएका उनीहरुले दुई किलोमिटर दुरीमा पुगेपछि बाँसझ्याङ्गसम्म लगेर सामूहिक करणी गरेका थिए ।

‘प्रतिवादी तीनजनाले मौका छोपी जर्बरजस्ती अपहरण गरेर जर्बरजस्ती करणी गरी अर्धचेत बनाई पीडितलाई घटनास्थलमै हातखुट्टा बाँधेर, मुखमा कपडा समेत कोची छोडेको’ प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख गरेको छ । प्रहरी नायव उपरीक्षक जोशीका अनुसार प्रतिवादीहरुले घटनामा संलग्नता स्वीकार गर्दै करणीका क्रममा दाँतबाँधेको देखेपछि हातखुट्टा बाँधेर मुखमा कपडाको बुझो लगाई हिँडेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्