भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ घाईते, ३ जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो

<span class='c1'>भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९</span> <span class='c2'>घाईते,  ३ जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो</span>

विराटनगर । भोजपुरमा यात्रु लिएर भ्रमणको लागि गएको स्कर्पिओ भिरबाट खसेर दुर्घटना हुँदा १ को मृत्यु ९ जना घाईते भएका छन् । दुर्घटनामा स्कार्पिओ चालक सुनसरी धरान– ८ का सुदीप लिम्बू र एक बालक सहित ९ जना घाइते भएका छन् ।

यता मृत्यु हुनेमा झापाको गौरादह ७ का झम्कबहादुर घले रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–५ बोखिमको डाडाँटोल भन्ने ठाउँको भित्री सडक खण्डमा बिहीबार बिहान प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पिओ सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम दाहालले जानकारी दिनुभयो । उनिहरुलाई उपचारका लागि प्रमु हेलिकप्टर मार्फत काठमाडौँ केएमसी अस्पताल पाईएको दाहालले बताउनुभयो ।

गम्भिर घाईते हुभनेहरुमा भोजपुर नगरपालिका–५ कि ३५ बर्षिया लाक्पादिकी शेर्पा, सोही वडाका ४१ बर्षिय रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि ३८ बर्षिया इहायाराना सुब्बालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
अन्य घाइतेको अहिले भोजपुर जिल्ला अस्पतालमै उपचार भइरहेको र केहीलाई धरान स्थित विपि कोईराला स्वास्थय प्रतिष्ठान ल्याउने तयारी गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तस्वीर : सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्