‘ल्होसार पर्व’ को अवसरमा विराटनगरमा म्याराथुन दौड प्रतियोगिता हुने

<span class='c1'>‘ल्होसार पर्व’ को अवसरमा विराटनगरमा</span> <span class='c2'>म्याराथुन दौड प्रतियोगिता हुने</span>

विराटनगर । तमु ल्होसार पर्वको अवसरमा विराटनगरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी विराटनगरले पौष १३ गते शनिबार म्याराथुन दौड प्रतियोगिता गर्ने भएको हो । गुरुङ नगर कमिटी विराटनगरले बिहीबार साँझ तमु ल्होसार पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रमको आयोजना गर्दै म्याराथुन दौड प्रतियोगिता गर्ने बारे जानकारी समेत गराएको छ ।

विराटनगर महानगरभित्र बसोबास गर्ने जातिय संघ सस्थाहरुको उपस्थितीमा आयोजित कार्यक्रममा शुभकामना अदान प्रदान कार्यक्रममा गराएउदै कार्यक्रममा सहभागी हुनलाई आग्रह समेत गरेको छ । म्याराथुन दौडमा सबै जातिय संघ सस्थाका पदाधिकारी तथा अन्य आम सर्वसाधरणले पनि भाग लिन सक्ने परिरषदकी प्रचार सचिव तथा म्याराथुन प्रतियोगिता संयोजक भलि सुब्बा गुरुङले जानकारी दिईन् । म्याराथुन दौड प्रतियोगिता विराटनगर ७ शहिद रंगशालामा विहान ७ बजे सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रम शहिद रंगशालाबाट जिल्ला प्रशासन हुदै , गोल्छा चौक, मेन रोड हुदै जलजला चौकबाट हस्पिटल चौकबाट हुदै पुन सहित रंगशालामा पुग्ने जनाइएको छ । प्रतियोगितामा विजेताहरुले प्रमाण पत्र र ट्रफि प्रदान गरिने नगर परिषदका वरिष्ठ उपाध्यक्ष विश्व गुरुङले जानकारी दिए ।


साथै ल्होसार पर्वको पुर्वसन्ध्यामा पुष १४ गते आईतबार साँझ महेन्द्र चौकमा दिप–प्रजवलन गरिने जनाईको छ । त्यसैगरी पुष १५ गते सोमबार विराटनगर ७ स्थित हरियाली पार्क हाटखोलामा गुरुङहरुको महान पर्व तमु ल्होसार (सुप्री ल्हो) भव्य रुपम विविध कार्यक्रम गरि मनाउने तयारी गरेको सचिव राजेश गुरुङले जानकारी दिए । गुरुङ समुदायले हरेक बर्ष विराटनगरमा ल्होसार पर्वको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्