सुनसरीको हरिनगरबाट ठुलो परिमाणमा गाँजा सहित २ युवा नियन्त्रणमा

<span class='c1'>सुनसरीको हरिनगरबाट ठुलो परिमाणमा गाँजा</span> <span class='c2'>सहित २ युवा नियन्त्रणमा</span>

विराटनगर । ईलाका प्रहरी कार्यालय देवानगञ्ज , ईलाका प्रहरी कार्यालय घुस्की र जिल््ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले १०७ केजी बढी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ
विशेष सूचनाका आधारमा खटिएको सयुक्त प्रहरीको टोलीले हरिनगर गाउँपालिका–७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किजी गाँजासहित दुईजनालाई बिहीबार साझ नियन्त्रणमा लिएको हो ।


प्रहरीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल््याइएको अवस्थामा लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ निवासी २० वर्षीय आलम अन्सारी र सहचालक ४४ वर्षीय मन्जुल मियालाई नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टका अनुसार पक्राउ परेका दुबै व्यक्तिलाई लागू औषध गाँजा र अटो सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ ।
यसै क्रममा, जिल्ला प्रहरी कार्यालय सुनसरीका नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रतिबन्धित लागू औषध ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि गहिरो अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरूलाई लागू औषध सम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाइने सुनसरी प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्