काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)को सचिवालय बैठकले केन्द्रीय संगठन विभागमा तीन जना सदस्य थपेको छ ।
आज (शुक्रबार) बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थपेको हो ।
जसमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन् । यस्तै बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ । साथै शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका छन् ।
सो बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरिएको थियो ।
यस्ता छन् रास्वापा बैठकका निर्णयहरु
१. बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गर्नुभयो। सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरियो ।
२. केन्द्रीय विभाग तथा आयोगमा देहाय सदस्यहरु मनोनयन गर्ने निर्णय गरियो । (क) केन्द्रीय अनुशासन आयोग
अधिवक्ता श्री कमल प्रसाद पोखरेल, नवलपरासी
अधिवक्ता श्री हरिचन्द्र भट्टराई, ताप्लेजुङ
-ख) केन्द्रीय संगठन विभाग
श्री धर्म के.सी.,
लम्जुङ
श्री गोपाल घिमिरे, रुपन्देही
डा. विमल तिवारी, सिराह
३. पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९, २० र २१ गते बस्ने निर्णय गरियो ।