विराटनगर । नेपाल बार एशोसिएशनद्वारा आयोजना हुन लागेको कानून व्यवसायी महिलाहरुको ३१ औं राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा शुरू हुदैछ ।
नेपाल बार एशाेसिएशन मोरंग सभाहलमा पत्रकार सम्मेलन गरी ‘महिलाको समानुपातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ पुस १३ र १४ गतेका दिन विराटनगरमा साे सम्मेलन आयोजना हुन लागेको हो।
उक्त सम्मेलनमा महिलाको समानुपातिक सहभागिता अवसर र चुनौती, कानून व्यवसायी महिलाको पेशागत अवस्था, चुनौती र आर्थिक सबलीकरण , , लैगिंक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँचको अवस्था, पुनर्स्थापना, निःशुल्क कानूनी,सेवा, न्यायिक समितिको क्षेत्राधिकार तथा मेलमिलाप, विवाद समाधानका चुनौतीहरु, वातावरण परिवर्तनको प्रभावले महिलामा पार्ने असरहरु, वित्तीय क्षेत्रमा रहेका संभावना र चुनौती, प्रजनन स्वास्थ्य अधिकार, सूचना तथा प्रविधिमा महिलाको पहुँच लगायतकाे विषयमा कार्यपत्र प्रस्तुत भई छलफल हुनेछ ।
देशभरमा २२ हजार कानुन व्यवसायी मध्ये करीब ४ हजार महिला कानुन व्यवसायी रहेकाे छ । सम्मेलनमा १ हजार भन्दा बढी कानुन व्यवसायीहरूकाे सहभागीता रहने आयोजकले जनाएको छ ।