विराटनगरमा पहिलो पटक गुरूङ समुदायको म्याराथन दौड प्रतियोगिता

<span class='c1'>विराटनगरमा पहिलो पटक गुरूङ</span> <span class='c2'>समुदायको म्याराथन दौड प्रतियोगिता</span>

विराटनगर । विराटनगरमा पहिलोपटक तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइ कमिटी विराटनगरले म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ ।

तुम ल्होसार पर्वको अवसर पारेर विराटनगरमा शनिबार विहान विराटनगरको सहिद रंगशालामा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ ।
म्यारथन दौड प्रतियोगिताको पुरुषतर्फ प्रथम सुनसरीको दहबी घर भएका अशोक कुमार मण्डल, द्धितीय विराटनगर ६ का नितेश भट्टराई र तृतीय कटहरी बसन्त माझी घोषित भए । त्यसैगरी महिला तर्फको प्रथम आशिका ठाकुर, द्धितीय अनमिका चौधरी र तृतीय कमला चौधरी भइन् । महिलातर्फको सान्तवना कोहिनुर तामाङ्ग घोषित भइन् ।


त्यसैगरी ४० वर्ष माथिको दौडको प्रथम राजेश गुरुङ भने ४५ वर्षभन्दा माथि उमेर समूहको प्रथम रामकुमार सरदार र ५० वर्ष भन्दा माथिको प्रथम विद्यानन्द माझी घोषित भए ।
प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ः ३ हजार १ सय, २ हजार १ सय र १ हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्र पाउनेछन् । उक्त पुरस्कार वितरण पुस १५ गते विराटनगर ७ हाटखोलास्थित हरियाली पार्कमा हुने लोसार पर्वको अवसरको कार्यक्रममा वितरण गरिने तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको सचिब राजेश गुरुङले जानकारी दिए ।
प्रतियोगितामा १५० भन्दा बढीले भाग लिएका थिए भने कार्यक्रममा पाँच सय बढीको सहभागिता रहेको थियो ।


दौड प्रतियोगिताको प्रमुख अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारयण थापा रहेका थिए । उनले कार्यक्रममा यस्ता कार्यक्रमले समाजमा सदभाव कायम गर्न ठूलो मदत पुग्ने बताए । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको अध्यक्ष कबिमान गुरुङको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।
तुम लोसार २०८१ को अवसर पारेर आइतबार साझमा विराटनगरस्थित जनआन्दोलन चोकमा दिप प्रज्जवलन कार्यक्रम रहेको तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको वरिष्ठ उपाध्यक्ष विश्व गुरुङले जानकारी दिए ।


यसैविच पुष १५ गते सोमबार औपचारिक कार्यक्रम आयोजना गरी यसपटकको ल्होसार पर्व समापन गर्ने कार्यक्रम रहेको नगर परिषद्की प्रचार विभाग प्रमुख भलि सुब्बा गुरुङले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्