विराटनगर । नेपालका पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्य समितिको दास्रो वार्षिक साधारणसभा तथा विराटनगर महानगर कार्यसमितिको दोस्रो अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो बताएका छन । सो अवसरमा बोल्नुहुँदै कोशी प्रदेश प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले पुर्व प्रहरीहरुले संगठनलाई आफ्नो उमेरको उर्जाशिल समय दिएको बताउनुभयो । उहाँले सेवारत रहँदा पुर्व प्रहरीले हासिल गरेका ज्ञान र क्षमतालाई प्रयोग गरिर्नुपर्ने धारणा राख्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियाले लामो सेवा अवधिमा पुर्व प्रहरीले धरै कुराहरुमा विज्ञता हासिल गर्ने गरेकाले उनिहरुको अनुभव र क्षमतलाई राज्यले सदुपयोग गर्नुपर्ने बताउनुभयो । पुर्व प्रहरी नायब महानिरीक्षक भक्तीनाथ माझीले पुर्व प्रहरीहरु अनुसाशित र प्रशिक्षित जनशक्ति रहेको बताउहुँदै पुर्व प्रहरीहरुले अवकाश जीवनलाई समाज निर्माणमा खर्चिनुपर्ने बिषयमा जोड दिनुभयो । माझीले पुर्व प्रहरीले बहालवाला प्रहरीले सम्पादन गरिरहेको कार्यलाई मुल्यांकन गरेर संगठलाई सुझाव दिनुपर्ने बताउनुभयो ।
आयोजक संस्थाका संरक्षक एवं पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिनाले पुर्व प्रहरीले आफ्नो विज्ञताको अहंकार नगरी समाजमा समर्पित हुनुपर्ने बताउनुभयो । पुर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष एवं पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेशप्रसाद श्रेष्ठले संगठले पुर्व प्रहरीहरुको हकहितमा काम गरिरहेको बताउनुभयो । पुर्व प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा आजिवन सदस्यलाई सम्मानपत्र वितरण गरिएको थियो ।