आसा सकिएपछि विराटनगर महानगरको सहयोगले व्यवसायी बनिन् चुन्ना

<span class='c1'>आसा सकिएपछि विराटनगर महानगरको</span> <span class='c2'>सहयोगले व्यवसायी बनिन् चुन्ना</span>

इन्दु साह
विराटनगर । श्रीमान क्यान्सर पीडित र छोरो बौद्धिक अपाङ्ग भएपनि मैले चिया व्यवसाय गरेर परिवार चलाइरहेकी छु, विराटनगर–५ की चुन्ना कुमारी पोखरेल आत्मविश्वासका साथ भन्छिन् । चुन्ना कुमारी ४८ वर्षको भएपछि उनको जीवनमा आईलागेका दुःख भोगिसाध्य छैन ।
तर, विगत ९ वर्षदेखि सानो सटरमा चिया पसल सञ्चालन गर्दै उनले जीवनलाई आसा भरिरहेकी छिन् । उनको २५ वर्षीय छोरा सन्दिप अधिकारी बौद्धिक अपाङ्गता छन् भने ५० वर्षीय श्रीमान दीपक अधिकारी क्यान्सर पीडित छन् । यस्तो दुखद परिस्थितिमा पनि उनले हार मानेकी छैनन् । बरु छोरालाई पनि व्यवसायमा सिकाउँदै लगेकी छिन् ।

उनको दुःखमा विराटनगर महानगरपालिकाले केहि रकम बीउपूँजको रुपमा सहयोग गरेको छ । चिया पसल व्यवसायका लागि ३० हजार रुपैयाँ बीउपुँजी प्रदान गरेको हो । व्यवसाय छोराको नाममा दर्ता गरिएको छ । महानगरपालिकाले दिएको रकमले थप हौसला मिलेको छ । अहिले त केही रकम दैनिक बचत पनि गर्न थालेकी छु उनले भनिन् ।

यस्तै विराटनगर १६ की सहनाज खातुन पनि महानगरबाट प्राप्त बीउपूँजीले कस्मेटिक पसल गरेर आत्म निर्भर बनेकी छिन् । विराटनगर महानगरपालिकाले गत वर्ष र चालु आर्थिक वर्षमा गरी २९ जना महिलालाई व्यवसायका लागि बीउपुँजी प्रदान गरेको छ । विशेषगरी घरेलु हिंसा पीडित महिलाहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । महानगरले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म बीउपुँजी उपलब्ध गराएको छ ।

यस कार्यक्रम अन्तर्गत महिलाहरूले चिया पसल, तरकारी व्यवसाय, कस्मेटिक पसल, खाजा पसल, फलफूल पसल, बाख्रापालन, ऊन बत्ती व्यापार र सिलाई कटाई जस्ता विभिन्न व्यवसाय सञ्चालन गरेका छन् । साथै केही महिलाहरूलाई घरेलु हिंसासम्बन्धी मुद्दाको बहस पैरवी खर्च पनि उपलब्ध गराइएको छ । चुन्ना कुमारी जस्ता धेरै महिलाहरू महानगरपालिकाको यस कार्यक्रमबाट आत्मनिर्भर बन्दै गएका छन् । घरेलुहिंसामा परेका महिलाहरुकोलागि आर्थिक पाटो महत्वपुर्ण हुन्छ । महनगरको यस कमले उनीहरूको जीवनमा आएको सकारात्मक परिवर्तनले अन्य महिलाहरूलाई पनि प्रेरणा दिएको छ । महानगरपालिकाको यस कार्यक्रमले महिला सशक्तीकरण र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले अभाव खड्किएका, हिंसामा परेका महिलाहरुको आर्थिक सशक्तिकरण गर्ने कार्यक्रमले धेरैलाई समेट्न खोजिएको बताइन् । उनले यो कार्यक्रम हिंसामा परेका महिलाहरु लक्षित भएपनि कतिपयको अवस्था नाजुक हुँदा उनीहरुको जीवन निर्वाहसँग जोडेर पनि सहयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्