विराटनगर । विराटनगरमा म्यान हन्ट इन्टरनेशनल नेपाल २०२५ प्रतियोगिताको कोशी प्रदेश अडिसन सम्पन्न भएको छ।
आज(सोमबार) विराटनगरको श्रोकृष्ण होटलमा कोशी प्रदेश अडिसन सम्पन्न भएको हो।
उक्त अडिसनमा गौरब चौधरी, सन्तोषी श्रेष्ठ, विष्णु शर्मा पन्त र अभिषेक शर्मा निर्णायकका रूपमा रहेका थिए। प्रतियोगिताबाट उत्कृष्ट प्रतिस्पर्धीहरूले राष्ट्रिय चरणका लागि छनोट हुने अवसर प्राप्त गर्नेछन्, जसले उनीहरूलाई ग्ल्यामर र मोडलिङ उद्योगमा स्थापित हुन मद्दत गर्नेछ। म्यान हन्ट इन्टरनेशनल नेपाल नेपालभरका प्रतिभावान युवाहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट प्लेटफर्म हो।
उक्त अडिसनमा ३४ जनाको सहभागिता रहेको म्यानहन्ट इन्टरनेशनल नेपालले कोशी प्रदेशको निर्देशक साजिद आलमले जानकारी दिए।