विराटनगर । तमु ल्होसार पर्वको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दिप प्रज्जवलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साँझ दिप प्रज्जवलन गरेको हो ।
दिप प्रज्जवलन कार्यक्रममा विराटनगरमा बसोबास गर्ने विभिन्न जातिय सस्थाका पदाधिकारी तथा अग्राजहरुको सहभागिता रहेको थियो ।
गुरूङ सामुदायले मनाउने तमु ल्होसार पर्वको अवसरमा भोली पुष १५ गते सोमबार विराटनगर ७ हाटखोलास्थित हरियाली पार्कमा भव्य कार्यक्रम आयोजना गरि मनाउने तयारी गरेको छ ।
यसअघि परिषद्ले विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिसकेको छ ।