स्टार्टअप एण्ड भिजन कोशी ह्याकाथन २०८१ को आयोजना हुँदै,सहभागिताका लागि दर्ता खुला

<span class='c1'>स्टार्टअप एण्ड भिजन कोशी ह्याकाथन २०८१</span> <span class='c2'>को आयोजना हुँदै,सहभागिताका लागि दर्ता खुला</span>

विराटनगर । विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पो २०२५ अन्तर्गत स्टार्टअप एण्ड भिजन कोशी ह्याकाथन २०८१ को आयोजना हुने भएको छ।

चेम्बर अफ इन्डस्ट्रीज, मोरङको आयोजनामा माघ ११ गतेदेखि सुरु हुने यो कार्यक्रम एक सातासम्म चल्नेछ।

विशेष प्रविधि नवप्रवर्तन ह्याकाथनको रूपमा आयोजना हुन लागेको यस कार्यक्रममा स्टार्टअप संस्थापकहरूले लगानीकर्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन्। कार्यक्रममा सहभागीहरूले आफ्ना नवीन विचार तथा आइडियाहरू प्रस्तुत गर्न सक्नेछन् भने ती विचारहरूलाई व्यवहारमा उतार्ने सम्भावनाको खोजी गर्न सक्नेछन्।

विराट एक्स्पोले स्थानीय तथा राष्ट्रिय स्तरका प्रतिभाहरूलाई आफ्नो भिजन प्रस्तुत गर्ने र नयाँ अवसरहरू सिर्जना गर्ने अवसर प्रदान गर्नेछ। कार्यक्रममा सहभागी हुन चाहनेहरूले तोकिएको क्युआर कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्