विराटनगरमा गुरुङ समुदायले विविध कार्यक्रम गरी तमु ल्होसार मनाए (फोटो फिचर )

<span class='c1'>विराटनगरमा गुरुङ समुदायले विविध कार्यक्रम गरी</span> <span class='c2'>तमु ल्होसार मनाए (फोटो फिचर )</span>

विराटनगर । विराटनगरमा रहेका गुरुङ समुदायले विविध कार्यक्रम गरी यसपटकको तमु ल्होसार पर्व भव्य रुपमा मनाएका छन् ।
‘तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद’ महानगर इकाइ कमिटी विराटनगरले हाटखोला स्थित हरियाली पार्कमा सोमबार विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी सप्रि ल्हो लाई स्वागत गर्दै मुप्ही ल्हो विदाई गरेका छन् ।


कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शान्तिको प्रतिक परेवा उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसैगरी कार्यक्रममा गुरुङ समुदायको राष्ट्रिय गितमा आफ्नै भेषभुषामा सजिएर सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी यसअघि विराटनगरमा आयोजना गरिएको म्याराथन दौड प्रतियोगितामा विजेताहरुलाई नगद सहित प्रमाणपत्रले प्रदान गरिएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, बुढिगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ मण्डल गनगाई र नेपाल आदिवासी जनजाति महासंघ विराटनगर महानगर समितिका अध्यक्ष सुरेश सिंह गनगाई , आदिवासी जनजाती पत्रकार संघ फोनिजका केन्द्रिय सदस्य सुजता लिम्बु, फोनिज कोषाध्यक्ष प्रेम देवान , जिल्ला सचिव अनिल श्रेष्ठको कार्यक्रममा सहभागी थियो ।


कार्यक्रममा प्रमुख अतिथी नागेश कोईरालाले ल्होसार पर्वको शुभकामना मन्तव्य राख्दै यस किमिका कार्यक्रमहरुले यहाँ रहेका सबै जातिय सस्थाहरु विचको भाईचरा, सदभाव आपसी मेलमिलाप हुने धारणा व्यक्त गरे । यहाँ रहेका आदिवासी जनजातीहरुको भाषा, कला, सस्कृति जर्गेना गर्नको निम्ती प्रज्ञा प्रतिष्ठान मार्फत सहकार्य गरेर यहाँ रहेका धरोहरलाई पनि संरक्षण गरिने प्रतिवद्धता जाहेर गरे । कोईरालाले गुरुङ समुदायको लागि महानगरपालीकाले गर्नुपर्ने आवश्यक साथ र सहयोगको लागि संधै महानगरको ढोका खुल्ला रहेको विस्वास दिलाउदै गुरुङ समुदायले जमिन जुटाउन सके भवन निर्माणमा महानगरले साथ सहयोग गर्न तयार रहेको बताए ।
यता विराटनगरमा रहेका सम्पुर्ण मुलवासीहरु एक जुट भएर अगाडी बढ्नुपर्ने कार्यक्रमका सहभागी अन्य अतिथीहरुले बताए । आफ्नो हक अधिकार प्राप्त गर्नको लागि सबै एक जुट भए मात्र पाउन सकिने उनीहरुले बताए ।


कार्यक्रममा तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद विराटनगर महानगर इकाई कमिटीका अध्यक्ष कविमान गुरुङ, वरिष्ठ उपाध्यक्ष विश्व गुरुङ, उपाध्यक्ष श्यामकुमार गुरुङ, सचिव राजेश गुरुङ, कोषाध्यक्ष चित्रा गुरुङ सहित इकाई कमिटीका सदस्यहरूले अतिथिहरूलाई स्वागत तथा सम्मान गरेका थिए । आमा समूहका सचिव एवं विराट व्यापार संघका कोषाध्यक्ष सोनु गुरुङले अतिथिहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा १८ जातिका अध्यक्ष पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थिए ।

महानगर इकाई कमिटीले तुम ल्होसारको पूर्व सन्ध्यामा दिपप्रजलन , शुभकामना आदानप्रदान तथा म्याराथन दौड प्रतियोगिता समेत आयोजना गरिएको नगर परिषदकी प्रचार विभाग प्रमुख भली सुब्बा गुरुङले जानकारी दिईन् । कार्यक्रममा विविध खेलहरु समेत प्रस्तुत गरिएको थियो । सरकारले तुम ल्होसार पर्वको अवसरमा सोमबार सरकारी बिदाको घोषणा गरेको थियो । हाल विराटनगरमा ४ सय भन्दा बढी घर घुरि बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्