इटहरीमा शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

<span class='c1'>इटहरीमा शंकास्पद वस्तु फेला,</span> <span class='c2'>सेनाको टोली घटनास्थलमा</span>

विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडिको घुम्ती पसल र बुढीखोला पुलमा शंकास्पद वस्तु फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार उपमहानगरपालिका अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ।

आज बिहान इलाका प्रहरी कार्यालय इटहरी र पकलीमा राजावादी समूहको नामबाट भोटेपुल, बुढीखोला र उपमहानगरपालिका अगाडि कालो झोलामा बम राखेको भन्ने म्यासेज प्राप्त भएको थियो। सूचना अनुसारको कालो झोला उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको छ भने बुढीखोला पुल मुनि एउटा बोरा भेटिएको छ।

प्रहरी उपरीक्षक तिम्सिनाले बुढीखोला पुलमा भेटिएको बोरामा शंकास्पद वस्तु भए नभएको पत्ता लगाउन तालिम प्राप्त कुकुरसहितको टोली खटाइएको र शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्