इटहरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्धारा डिस्पोज, अरु ठाँउमा पनि खोज्दै नेपाली सेना

<span class='c1'>इटहरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्धारा डिस्पोज,</span> <span class='c2'>अरु ठाँउमा पनि खोज्दै नेपाली सेना</span>

विराटनगर । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि आज विहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

उपमहानगर अगाडिको घुम्ती पसल स्थित कालो झोलामा प्लाष्टिकको झोलामा अज्ञात समुहले शंकास्पद वस्तु राखेर प्रहरीलाई खबर गरेका थिए ।
शांस्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली सहित तालिम प्राप्त कुकर र नेपाल प्रहरीले सहजीकरण गरेको गरिरहेको छ ।

उपमहानगरसँगै भोटेपुल र बुढी खोलामा लगायत विभिन्न स्थानमा आफुहरु राजावादीहरु हौँ भन्दै सुनसरी प्रहरीको कन्ट्रोल रुमलाई खबर गरेका थिए । नेपाली सेनाको टोलीले अन्य स्थानमा पनि डिस्पोज गर्ने तयारी गरेको सुनसरी प्रहरीले जनाएको छ ।

तस्वीर सौजन्य : विकल रेग्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्