इटहरी उपमहानगरपालिका कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

<span class='c1'>इटहरी उपमहानगरपालिका कार्यालय अगाडि फेला</span> <span class='c2'>परेको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज</span>

विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

आज (मंगलबार) बिहान उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेकाे शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

अज्ञात समूहले उपमहानगरको कार्यालय अगाडिको घुम्ती पसल स्थित कालो झोलामा प्लाष्टिकको झोलामा शंकास्पद वस्तु राखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई गरिएको खबरमा उपमहानगरसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो ।

भोटेपुलमा शंकास्पद बस्तु फेला परेन । बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो । शंकास्पद देखिएको बोरा पनि डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

आफूलाई राजावादी बताउने समूहले तीन स्थानमा बम राखेकाे भन्दै प्रहरीलाई खबर गरेकाे थियाे । प्रहरीले एक स्थानमा मात्रै कुकरलाई तारले बेरेकाे अवस्थामा फेला पारेकाे थियाे । शंकास्पद बस्तु राख्ने र प्रहरीलाई खबर गर्ने व्यक्तिकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्