सुन्दरहरैंचाको जंगलमा वृद्धाको शव भेटियो

<span class='c1'>सुन्दरहरैंचाको जंगलमा वृद्धाको</span> <span class='c2'>शव भेटियो</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा –५ की एक वृद्धाको शव जंगलमा फेला परेको छ ।

मृत फेला पर्नेमा सुन्दरहरैंचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बु छिन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चन्द्रकला सोमबार साँझ घाँसदाउरा लिन जंगल गएकी थिइन् । बेलुकासम्म पनि घर नफर्किएपछि खोज्न गएका स्थानीयले मंगलबार बिहान ६ बजेतिर चन्द्रकलालाई मृत फेला पारेका थिए । स्थानीयले उनलाई जंगली हात्तीले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरेका छन् । यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यसअघि पुस ५ गते सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया गंगामाया मगर (श्रेष्ठ)को जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्