चार दिनका लागि लिएको पैसा फिर्ता माग्न जाँदा हिर्काए, एक वर्ष हुँदासम्म रित्तै छु

<span class='c1'>चार दिनका लागि लिएको पैसा फिर्ता माग्न</span> <span class='c2'>जाँदा हिर्काए, एक वर्ष हुँदासम्म रित्तै छु</span>

विराटनगर । विराटनगर–६ का आनन्दमोहन झाले मिटरब्याज कारोबारका लागि अर्कालाई ‘बेवकुफ’ बनाएर पैसाको व्यापार गरेर सर्वसाधारणलाई नराम्रोसँग डुबाएको आरोप लागेको छ । विराटनगरमा झाबाट पीडित हुने व्यक्ति मात्रै नभई बैंक समेत रहेका छन् । तर, पैसा लेनदेनमा उनले पार्ने वहानामा ‘बेवकुफ’ बन्नेहरु आफैं असजिलोमा पर्ने डरले अनुसन्धान गर्ने निकायसम्म पुग्ने नगरेका हुन् ।

झाका विरुद्ध मंगलबार नेपाल पत्रकार महासंघ मोरङमा पीडितले पत्रकार सम्मेलन गरेर आफूहरुलाई नराम्रोसँग डुबाएको आरोप लगाएका छन् । यतिसम्मकी विराटनगर–५ का श्यामदेव साहबाट झाले एक करोड १४ लाख रुपिँया छिनेर पैसा फिर्ता लिन जाँदा गुण्डा लगाएर मरणासन्न हुने गरी कुटपिट गराएको घटना प्रहरीसम्म पनि पुगेको थियो । साहले २०८० साल माघ ८ गते उनको विभिन्न खातामा १ करोड १४ लाख हालिदिएका थिए ।

झाले साहसँग बैंक मिलाउन भन्दै पैसा मागेका हुन् । साह विराटनगरमा ड्याजल फिटनेस सञ्चालन गर्दै आएका छन् । उनको सुनसरीमा दक्ष खाद्य उद्योग समेत रहेको छ । जलजला मोड नजिकै बैंक लिलामीको जग्गा साहले सकारेका थिए । सकारेको जग्गामा सानासाना टहराहरु थिए । टहरामा व्यवसाय गर्दै आएकाहरुले म्याद नसकि नउठ्ने बताएपछि विवाद भएको थियो । साह त्यहि जग्गामा फिटनेस सेन्टरको संरचना निर्माण गर्न चाहन्थे । तर, बसिरहेका व्यापारी उठ्न नमानेपछि झाले त्यसको समन्वय गरिदिएका थिए ।

संरचना बनाउन बैंकबाट ऋण लिएको बुझेपछि झाले साहसँग चारदिनका लागि पैसा मागेको बताउँछन् । तर, २०८० माघमा बैंकमै ट्रान्सफर गरिएको पैसा २०८१ साउनसम्म बुझाएनन् । बारम्बार माग्दै गएपछि साउन २८ गते उनले चेक लिएर विराटनगर–५ को पासा होटल नजिक आउन भने । साहका अनुसार त्यहाँ उनले झाले दिएको चेक नलिकन पुगे । त्यहि बेला झाका केटाले साहलाई मरणासन्न हुनेगरी कुटपीट गरेर घाईते बनाए । चेक लिएर गएको भए खोसेर उनलाई रिक्तो बनाउने योजनामा झा समूह थियो ।

साहले जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्दा नम्बर ७६ मा उजुरी दर्ता गराए । तर, उजुरी लिने प्रहरी नै झासँग बसेर साँझमा चियापानमा संलग्न भएपछि उनको न्याय पाउने संभावना न्यून हुँदै गयो । जसलाई विश्वास गरेर उजुरी दिए, टाउकोमा नौ टाँका लगाएको घाउ देखाएँ तर प्रहरीले सुन्न पनि मानेन, साहले भने ।
झाले साहलाई कुटपिट भएको विषय, आफूले नभएर आफ्ना स्टाफले गरेको घटना भएको स्वीकार गरेका छन् । उनले अब ८७ लाख ४२ हजार रुपैँया पैसा दिन बाँकी रहेको बताए । ‘पैसा दिन्छु तर मेरो जग्गा रोक्का छ’ झाले भने–यस विषयमा मैले सिडिओ साब्सँग समेत बसेर कुरा गरिसकेको छु ।

साहको मुद्दा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासम्म पनि पुगेको छ । झालाई बोलाएर मेयर कोइरालाले कागज समेत गराउने प्रयत्न गरे । तर, लेखिएको कागज वडामा गएर प्रमाणित गर्ने बेलामा झा तर्किएपछि त्यसले वैधानिकता पाएको छैन । त्यसपछि बारम्बार उनले मेयर कोइरालालाई समेत झुक्याउँदै आएका छन् ।
झाा जग्गा कारोबारी हुन् । उनको श्री महालक्ष्मी नारायण इन्भेस्टमेन्ट प्रा.लि. र श्री महालक्ष्मी नारायण कृषि प्रा.लि. कम्पनी छन् । व्यक्तिले इन्भेस्टमेन्ट कम्पनी खोलेर छाँया बैंकिङ कारोबार गर्न पाउँदैन । यद्यपी झाले खोलेको यो इन्भेस्टमेन्ट कम्पनी अहिले कालोसूचीमा छ । जग्गा कारोबार गर्ने उनी पनि कहिं कतै फसेको एकजना जानकार बताउँछन् । एक ठाउँको जग्गा देखाएर पास गर्दा अर्कै ठाउँको गरिदिएपछि झाले पनि ठग्नुपर्ने रहेछ भन्ने गेम सुरु गरेका हुन् की भन्ने आशंका ती जानकारको छ ।

साहलाई पहिले श्री महालक्ष्मी नारायण कृषि प्रा.लि. चेक दिएका थिए । त्यो चेक खोस्ने योजना सफल नभएपछि मेयरको पहलमा भएको कागज गराउँदा उनले श्री महालक्ष्मी नारायण इन्भेस्टमेन्ट बैंकको चेक थमाई दिए । जुन कम्पनी कालोसूचीमा परेका कारण साह अर्को पटक ‘बेवकुफ’ भएको बताउँछन् । साहले फोन गरेर ‘कालोसूचीमा परेको कम्पनीको चेक किन दिएको ?’ भनेपछि उनले भनेका थिए–मेरो काम नै पैसाको बेवकुफ व्यापार हो । उनले प्रशासनले चलाउन नसकेपछि मेयरको सहारा लिएका कारण साहलाई कालोसूचीमा परेको कम्पनीको चेक दिएको भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका छन् ।

झाले साहलाई मात्रै हैन रंगेली नगरपालिका ३ का मो.रफिद मिँयाको जग्गा अधिकृत वारेसनामा लिएर बिक्री गरेका छन् । छ कठ्ठा जग्गा बिक्री गर्दा मिँयाले पाउनुपर्ने ७३ लाख झाले अहिलेसम्म फर्काउन मानेका छैनन् । पत्रकार सम्मेलनमा मिँयाले नराम्रोसँग डुबाएको बताए । झाले मिँयाको छ कठ्ठा जग्गा बैंक लिलामीमा परेर घरजग्गा नै डुब्ने खतरा हुँदा आफूले मिलाई दिएको बताए । मिँयाको जग्गा विराटनगरका ओम राठीले २ करोड ४६ लाखमा किनेका थिए । त्यसको भूमिका झाले निभाएका थिए । मिँयाका अनुसार अन्य कारोबार सकारेर पाउनुपर्ने ७३ लाख माग्दा झाले भन्ने गरेका छन्–मेरो काम नै पैसाको ‘बेवकुफ व्यापार’ । झाले भने मियाँले पैसा पाउन नरहेको बताए ।

झाको जालझेलमा परेर अहिले विराटनगरमा ३० जना जति पीडित बनेका छन् । तर, उनीहरु पैसा आउला की भनेर मौन मात्रै बसेका छन् । उनलाई नजिकबाट जान्ने एकजना युवा मारवाडीका अनुसार विराटनगरमा झाको कारोबारले व्यक्ति मात्रै नभई बैंकका सिईओ समेत ‘बेवकुफ’ हुनेवाला छन् । झाले बैंकका सिईओसँग मिलेर धितोले सकार्ने भन्दा बढी ऋण लिने र त्यो बाहिर मिटरब्याजमा लगाउने गरेको आरोप छ । यद्यपी उनले यो आरोप प्रमाणित हुननसक्ने जिकीर गरे । ‘केहिदिन अगाडी मैले बैंक भित्रै उसलाई मुक्का हान्न खोजेको थिएँ’ ती मारवाडी युवाले भने–धेरै बैंकका सिईओ समेत झाको जालझेलमा फसेका छन् ।

झाले अहिलेको घटना बाहिर ल्याउन अर्का मिटरब्याजी कारोबारी शुक्रबारदेखि लागेको दावी गरेका छन् । उनका अनुसार आफ्नो बद्नाम गराएर उसको कुर्तत छोप्न पत्रकार सम्मेलन गराइएको हो । उनले आफूसँग विराटनगर ८ का विष्णु पोखरेलको लेनदेन विवाद रहेको बताउँदै भने–यस विषयमा समेत सिडिओ साब्सँग बसेर कुरा गरिरहेका छौं ।

झा महोत्तरीको बथनहाबाट विराटनगर आएका हुन् ।  सुरुमा उनी सुन कारोबार गर्ने व्यापारीसँग जोडिएका थिए । जतिबेला सुनको अवैध कारोबार हुन्थ्यो । अहिले पनि सुन बन्धकी राखेर पैसा दिलाउने नाममा उनले सर्वसाधारणसम्म पहुँच राख्ने गरेको आरोप छ । तर, झाले आफू जग्गाको कारोबारका लागि मात्रै सुन व्यापारीसँग जोडिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्